विराटनगर । “सुरक्षित यात्रा, जिम्मेवार चालक“ भन्ने नारासहित मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको ट्राफिक सप्ताह २०८२ भव्य रूपमा सम्पन्न भएको छ । विराटनगरका मात्र नभएर मोरङ जिल्ला भरीका विभिन्न स्थानमा ट्राफिक नियमका साथै सचेतनाको कार्यक्रम गरीएको थियो । ट्राफिक नियमको पालनालाई प्रोत्साहन गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि नागरिकमा चेतना फैलाउने उद्देश्यसहित सात दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरीएको मोरङ जिल्ला ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए । 
असार ६ गते देखी सुरु गरिएको कार्यक्रम सार्वजनिक सवारीमा हुने दुव्र्यवहार नियन्त्रण अभियान, यात्रुवाहक सवारीको अनुगमन, ई–रिक्सा तथा अटोको मिस्त्री परीक्षण र दुई पाङ्ग्रे सवारीको चेकजाँच, लेन अनुशासन प्रशिक्षण, स्कुल बस अनुगमन तथा प्रशिक्षण , स्लो मोटरसाईकल रेस लगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो ।
साथै विराटनगरको विभिन्न स्थानमा सवारी चालकको लापसे र मापसे सेवन गरे नगरेको चेकजाचँ समेत गरिएको थियो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरीको अनुसार हराएको मोटरसाईकल खोजि कार्य गर्ने अभियान समेत संचालन गरेको थियो ।
अभियान अन्तर्गत सुनसरी, मोरङ र झापा गरी ८ वटा मोटरसाईकल समेत फेला परेको थियो । कार्यक्रम अन्तर्गत प्रदेशभरी कुल ४९ हजार ७ सय ४२ जना चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ । ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरेका थियो।