आवर विराटनगर डट नेटले १३ वर्षको सुखद यात्रा पुरा गरेर १४ वर्षमा प्रवेश गरेको छ । पूर्वमा डिजिटल मिडियाको पहिलो नक्षत्रको रुपमा उदाएको यसले १३ वर्षका सिकाईसँगै नागरिकसँग सहकार्यको आरोहण गरिरहेको छ । नागरिकसँग डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्दै आएकोमा हामी विश्वस्त छौं । यो अवसर हाम्रा लागि जति महत्वपूर्ण छ, त्यसमा हाम्रा पाठक, विज्ञापनदाता, सुचनादाता र शुभेच्छुकको योगदानप्रति आभार व्यक्त गर्दछौं ।
संसारभर सुचना र प्रविधिको विकासले फड्को मार्दै जाँदा नेपालमा समेत यसको प्रभाव सबैभन्दा जर्बर रुपमा छाएको छ । डिजिटल युगमा मिडिया उद्योगले सामना गर्नुपर्ने चुनौतीहरू पनि उतिकै थपिदै गएका छन् । यसको सम्बोधन गर्न नागरिकसँग सहकार्य महत्वपूर्ण मानिन्छ । त्यहि महत्वको कडीमा उभिएर नागरिकसँग डिजिटल सहकार्यमार्फत पाठकका सहज पहुँचमा गुणस्तरीय समाचार सामग्री उपलब्ध गराउने हाम्रो भूमिका निरन्तर छ । नेपाली पत्रकारितालाई प्रविधि र सीपमा परिस्कृत गर्दै एउटा अनलाइन सञ्चारमाध्यम सबै सञ्चारमाध्यमको प्रतिनिधित्व गर्ने संघर्षरत रहेको छ ।
ओबी मिडिया प्रा.लि. बाट प्रकाशित\प्रसारित आवर विराटनगर डट नेट समाचार मात्रै प्रधान ठान्दैन । डिजिटल मिडियाको विकासले नेपाललाई विश्व बजारसँग जोड्ने प्रयास गरिरहेको बेला समाजका साना समस्यालाई पनि सुचनाको रुपमा दिनु हाम्रो कर्तव्य बन्दै गएको छ । विराटनरलाई विश्वसँग जोड्ने नारा दिए त्यसमा प्रयासरत रहेका थियौं । प्रविधिको सदुपयोगमार्फत गुणस्तरीय सामग्री प्रस्तुत गर्नु र पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्नु हाम्रो अभिन्न अंग त छँदैछ, त्यस बाहेक नागरिकलाई आवश्यक पर्ने सुचना दिनु पनि हाम्रो कर्तव्य बन्दै आएको छ । विराटनगरलाई विश्वसँग जोड्ने लक्ष्यसहित जन्मिएको आवर विराटनगरको सुरुवात सामाजिक सञ्जाल फेसबुकबाट भएको थियो । देश, विदेशमा जहाँ भए पनि विराटनगर पेरीफेरीको खबर पु¥याउने आफ्नो लक्ष्य पुरा गर्ने माध्यमहरुको विकास उतिकै भयो । नागरिकका हातमा स्मार्टफोन, बिद्युत र इन्टरनेट गाउँसम्म विस्तार भए, सामाजिक सञ्जालमा सबै जोडिन पाउने अवसर प्राप्तभयो । सुचनाको पहुँचमा रहेका नागरिकले ओबीप्रति विश्वास भरे, आफ्ना समस्या राख्ने माध्यम बनाए ।
समाचार मात्रै नभई नागरिकका समस्या पनि हामीले सञ्चारमाध्यमको चासो हो भन्ने सोच्दै आएका छौं । कोहि उपचारमा पैसा अभाव भएर सहयोग चाहिरहेको छ, उसका बारेमा समाचार बनायौं, कोहि हराएको छ उसको सुचना दियौं । त्यति मात्रै नभई मानवजीवन धान्ने रगत अभावले अस्पतालमा छट्पटाई रहेका नागरिकका लागि सहयोग गरिदिन अपिल पनि गर्दै आएका छौं ।
त्यसैले १४ वर्षको यात्रासम्म निरन्तर सक्रिय छौं । आगामी दिनपनि सक्रियता कायम राख्नेछौं । हाम्रो प्रतिवद्धताको आड भनेको नागरिकले उपलब्ध गराउने सुचना र जानकारी हुन् । त्यसैले त हामी डिजिटल मिडियामार्फत नागरिकसँग सहकार्य गर्ने नयाँ आयाम पहिल्याई रहेका छौं । अन्त्यमा विगतबाट सिक्नुपर्ने कुरालाई आत्मासात गर्नेछौं, आगामी दिन तपाँई पाठक, शुभेच्छुकसँग अझै नजिकमा रहने छौं ।