विराटनगर । विराटनगरस्थित जेम्स इन्टरनेसनल स्कुलकी छात्रा सृजि पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गर्दै शैक्षिक उत्कृष्टता प्रदर्शन गरेकी छिन्।
स्कुलका प्रिन्सिपल पंकज खड्काका अनुसार, यस वर्ष स्कुलका १३ जना विद्यार्थीले ए प्लस, ११ जनाले ए र केहीले बी ग्रेड हासिल गरेका छन्।
सिर्जि पोखरेल अध्ययनमा मात्र होइन, संगीत, खेलकुद लगायत अन्य अतिरिक्त क्रियाकलापमा पनि सक्रिय र सफल विद्यार्थी रहिएकी छिन्।
विद्यालयले यस सफलतालाई विद्यार्थी, अभिभावक र शिक्षकहरूको सहकार्य र परिश्रमको प्रतिफल भनेको छ।