विराटनगर । विराटनगरमा बिहे घरमा नाच्ने क्रममा शनिबार बिहानका राति करेन्ट लागेर १ जना किशोरको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिए । उनका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा बिहानका राति १ः३० बजेतिर अमितलाई करेन्ट लागेको थियो ।
नाच्ने क्रममा अचानक डिजेको तारमा लडेका उनलाई त्यहीँ करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते भएका अमितलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । इलाका प्रहरी कार्यालय रानीक इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।