विराटनगरमा धान दिवस : दरैयामा महानगरद्वारा सामूहिक रोपाँई

<span class='c1'>विराटनगरमा धान दिवस :</span> <span class='c2'>दरैयामा महानगरद्वारा सामूहिक रोपाँई</span>

विराटनगर । विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ आयोजना गरेको छ । २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर आइतबार विराटनगर–१६ को दरैयामा उपप्रमुख शिल्पा निराला कार्कीसहित रोपाँईमा सरिक भएका हुन् ।

महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले स्थानीय दरैहिया कृषि सहकारी संस्थासँगको साझेदारीमा धान रोपाँई कार्यक्रम आयोजना गरेको थियो ।

उपप्रमुख कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरे, वडा नम्म्बर १६ का अध्यक्ष उद्धव भुजेल, वडा नम्बर १० का अर्जुन गिरी, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, नगर प्रहरीका प्रमुख राजन पौडेल, कृषि तथा पशुपंक्षी विकास शाखाका प्रमुख हिरालाल यादवलगायतले धान रोपेका थिए ।

उपप्रमुख कार्कीले आयातलाई प्रतिस्थापन गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्नेमा जोड दिएकी छिन् । धानको खपत बढ्दै गएको चर्चा गर्दै उनले नेपाल आत्मनिर्भर हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।

असार १५ को छुट्टै महत्व रहेको बताउँदै कार्कीले आयातलाई प्रतिस्थापन गर्ने गरी धान उत्पादन गर्नु आवश्यक रहेको बताइन् । धान रोपाइँपछि दही, चिउरा खाएर खुसी साटासाट गरिएको थियो । महानगरले हरेक वर्ष असार १५ गते सामूहिक धान रोपाइँ आयोजना गर्दै आएको शाखा प्रमुख यादवले जानकारी दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्