उद्योगका प्राविधिकलाई कार्बन फुटप्रिन्ट असेसमेन्ट तालिम

<span class='c1'>उद्योगका प्राविधिकलाई कार्बन</span> <span class='c2'>फुटप्रिन्ट असेसमेन्ट तालिम</span>

विराटनगर । उद्योग संगठन मोरङका आयोजना, इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा राष्ट्रिय उर्जा दक्षता केन्द्रको सहकार्यमा कार्बन फुटप्रिन्ट असेसमेन्ट सम्बन्धी तालिम सम्पन्न भएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरुको सहभागितामा प्राविधिक जनशक्तिको क्षमता र दक्षता अभिवृद्धिका लागि व्यवहारिक कार्बन उत्सर्जनको पहिचान, मापन तथा विश्लेषण, न्यूनिकरण गर्न सक्ष्ँम बनाउने र दिगो तथा लो कार्बन इण्डष्ट्रि अभ्यासलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको संगठनले जनाएको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले तालिमको समापनमा कार्बन उत्सर्जनको पहिचान र नियन्त्रण, ऊर्जा र कच्चा पदार्थको खपतको प्रभावकारीताका साथै कार्बन उत्सर्जन न्यूनीकरणका उपायहरू अवलम्बन गर्न तालिम सहयोगी भएको विश्वास व्यक्त गरे ।
उनले प्रविधिको विकाससंगै नया चूनौतिहरु पनि थपिदै जाने भएकाले उद्योगमा कार्यरत प्राविधिकहरुलाई नया परिवर्तनहरु आत्मसात गर्नसक्ने गरी क्षमता विकास गर्न संगठनले यस प्रकारको अन्य तालिमहरु आगामी दिनमा पनि आयोजना गर्ने वताए ।

सैद्धान्तिक र व्यवहारिक पक्ष समेटि ७ दिन सम्म सञ्चालन गरिएको तालिममा ऊर्जाको उपयोग, दिगो उत्पादन र वातावरणमैत्री छवि निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम पालना, नयँ बजार पहुच र प्रतिस्पर्धात्मक लाभ, व्यवसायीक सामाजिक उत्तरदायित्व जस्ता विषयहरु समावेश गरिएको संगठनले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्