वर्षभरी पढेको विषय एउटा, परीक्षामा प्रश्नपत्र अर्कै

<span class='c1'>वर्षभरी पढेको विषय एउटा,</span> <span class='c2'>परीक्षामा प्रश्नपत्र अर्कै</span>

विराटनगर । त्रिभुवन विश्वविद्यालय कला संकाय (आर्टस) अन्तर्गत बीए तेस्रो वर्षको परीक्षा चलिरहेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका चारजना विद्यार्थी भने प्रश्नपत्र पाएपछि आइतबार हेरेको हे¥यै भएका छन् ।

कारण थियो, बीए तेस्रो वर्षमा ऐच्छिक विषय छनौट गर्न पाइन्थ्यो । विद्यार्थीमध्ये चारजनाले रोजेका थिए, नेपाली भाषा साहित्य । एकवर्षसम्म विषयगत शिक्षकसँग कक्षा लिए, त्यहि अनुसार पढेर परीक्षा लेख्न पुग्दा प्रश्नपत्र भने नेपाली पत्रकारिता विषयको आएको थियो ।
कहिल्यै कक्षा लिदैनलिएको विषयको प्रश्नपत्र आएपछि उनीहरु एकछिन छक्क परे । त्यसपछि पढाई भएको विषयको प्रश्नपत्र किन नआएको भनेर परीक्षा केन्द्र प्रमुख, संकाय प्रमुख तथा विषयगत शिक्षकसँग बुझ्न लागे । परीक्षामा उपस्थिति जनाए तर उत्तर पुस्तिकामा एक शब्द लेख्न पाएनन् । किन की पढेको विषयको प्रश्नपत्र नै थिएन ।

परीक्षा केन्द्र स्नातकोत्तर क्याम्पस थियो । उनीहरु त्यतिकै निस्केर बाहिर आएपछि मानविकी संकाय प्रमुख प्रा.डा. सुशिल अधिकारीसँग सोधेको सुनाउँछन् । परीक्षार्थी विश्वास न्यौपानेका अनुसार अधिकारीसँग सोध्दा उनले यो आफूसँग सम्बन्धित विषय नभएको उत्तर दिएर पन्छिए । त्यसपछि परीक्षा नियन्त्रक कार्यालयमा सोधे । सोध्दा यो विषय आगामी शैक्षिक सत्रदेखि मात्रै पढाउन तयार पारिएकोले नेपालभर नै यसको प्रश्नपत्र नबनेको जवाफ पाए । त्यसपछि विषयगत शिक्षकसँग सोध्दा यसैवर्ष पढाउनु भनेको थियो भनेर जिकीर गरिदिए ।

महेन्द्र मोरङ क्याम्पस प्रमुख प्रा.डा.रामअवतार शरणसँग सोध्दा यो विषय आफूसम्म नआएको सुनाए । उनले विषय गम्भीर भएकोले यसमा ध्यानाकर्षण भएको जनाएका छन् । उनले भने–मैले सूचना भर्खरै पाएपछि स्नातकोत्तर क्याम्पस प्रमुखसँग सोधखोज गरे, उहाँ काठमाण्डौं हुनुहुँदो रहेछ, बाँकीसँग बुझ्ने काम गरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्