आज असार १५ राष्ट्रय धान दिवस । देशभर औपचारिक कार्यक्रम, भाषण, र नेताहरूको फोटो सेसन सहित २२औं राष्ट्रिय धान दिवस मनाइँदै थियो। कतै गमलामा माटो हालेर धान रोप्ने नाटक, कतै सरकारी ढाँटको प्रदर्शनी तथा नक्कली रोपाई र सामाजिक संजाल रंगाउने रंगमंच थियो।
तर मोरङको कानेपोखरी–४ मा जे देखियो, त्यो केवल दिवस थिएन— त्यो एक ऐतिहासिक, त्यागप्रति श्रद्धाञ्जली, सहिदप्रति उच्च समान, सामाजिक उत्तरदायित्वको गहन जिम्मेवारी, माटो पसिना सँगै राष्ट्र प्रेमको मूर्त अभिव्यक्तिको पाठशाला थियो । र, त्यो जनताको पक्षमा उभिएको एक विद्यालय र विश्वविद्यालयको कोर्षमा राखेर अध्ययन गराउनै पर्ने बिषयवस्तु थियो ।
आज त्यही माटोमा, जहाँ जनयुद्धका अमर शहीद सुनिल धिमालले रगत बगाएका थिए । त्यही खेतमा उनका आमाबुबाको अगाडी नेताहरूले खुट्टा घोप्ट्याएर पसिना बगाए। गह्रामा बीउ रोपियो, तर त्यो केवल धानको बिउ थिएन—त्यो जनताको विश्वासको बीउ थियो । त्यो शहीदका सपनाको पुनःस्मरण थियो ।
“गमलाको होइन, गह्राको धान दिवस” साचै हेर्न र कार्यमा सहभागिता हुन् निक्कै उत्साह थियो । कार्यक्रमको आयोजना नेकपा (माओवादी केन्द्र) कानेपोखरी–४ ले गरेको थियो। १६ कट्ठा खेतमा धान रोपिँदा, त्यस खेतले एक स्वरमा गहिरो सन्देश दिईरहेको दियो— राष्ट्र धान दिवसको सार ‘गमलामा’ होइन, माटोमा छ। नेता वा सरकारको दृश्य नाटकमा होइन, किसानको पसिनामा छ ।
“सरकारका प्रतिनिधिहरू गमलामा धान रोप्छन्, हामीले सहिद परिवारको माटोमा पसिना बगाएका छौं, कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गीता तिम्सिनाले भनिन–यही हो सहिदप्रति साँचो सम्मान र राष्ट्रप्रेम।”
उपस्थित कोशी प्रदेशका जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य कमरेड खुल्लु राजबंशीले भावुक हुँदै भने, “शहीदको घरमा पुगेर खेतमा पसिना बगाउनु, त्यो राजनीति होइन, त्यो जिम्मेवारी हो। आज हामीले त्यो जिम्मेवारी पूरा गरेका छौं।”
“राजनीति त्यतिखेर अर्थपूर्ण हुन्छ जब जनताको आँगनमा पसिना बग्छ। आज हामी शहीदको घरमा धान रोप्न आएको छु—यही हो हाम्रो कर्तव्य र निष्ठा।”
कार्यक्रममा शहीद सुनिल धिमालका आमाबुबालाई सार्वजनिकरूपमा सम्मान गरियो। बीउ, मल र सामग्री हस्तान्तरण गर्दै जब कम्युनिष्ट नेताहरू माटोमा झुकेर खेत रोप्न थाले, त्यतिबेला आमाबुबा भावुक हुँदै भने–“छोराले रगत बगाएको माटोमा आज कमरेडहरूले पसिना बगाउनु भयो। हामीलाई छोरा फर्किएजस्तै लाग्यो। यस्तो कार्यक्रम निरन्तर भयो भने माओवादीले भाका टिप्छ ।
यो भनाइले उपस्थित सबैलाई स्तब्ध तुल्यायो। त्यो केवल आशीर्वाद थिएन—त्यो जनताको मन जित्ने सन्देश थियो। धान रोपाईको आयोजक पार्टी वडा अध्यक्ष चुडामणि भारतीले भुइँ मान्छेका सपना बोकेर हिँड्नेहरूले शहीद परिवारप्रति सम्मान जनाउन श्रम गरेका हौं ।