विराटनगर जेसीजद्वारा मानवता सेवा सप्ताह सुरु

<span class='c1'>विराटनगर जेसीजद्वारा मानवता</span> <span class='c2'>सेवा सप्ताह सुरु</span>

विराटनगर । "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने आदर्शलाई आत्मसात गर्दै विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ सुरु गरेको छ।

‘ह्युम्यानिटी सर्भिस विक–२०२५’ अन्तर्गत पहिलो दिन विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमको आयोजना गरिएको हो।

बिहान ८ बजेबाट सुरु भएको कार्यक्रममा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई खीर खुवाइएको थियो भने उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलले गरेका थिए। उनले जेसीजले समाजमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यहरूले सकारात्मक सामाजिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणी, बोर्ड अफ ट्रस्टका अध्यक्ष टिकाराज ढकाल, पूर्व अध्यक्षहरू, पदाधिकारी तथा जुनियर जेसीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमका संयोजक अभिषेक भट्टराईले सेवा सप्ताहको उद्देश्य र गतिविधिबारे जानकारी गराएका थिए। उक्त कार्यक्रमकि संयोजक उमा घिमिरेले सहभागी सबैलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्वमा सबैको साझा भूमिका आवश्यक रहेको उल्लेख गरिन्।

विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले समाज सेवामा जेसीजको निरन्तर सक्रियता झल्किने गरी कार्यक्रम तय गरिएको बताए। “सामाजिक उत्तरदायित्व पूरा गर्दै समुदायसँगको सम्बन्ध बलियो बनाउन यस्ता कार्यक्रमले मद्दत गर्छ,” उनले भने।

सन् १९७३ मा स्थापना भएको विराटनगर जेसीजले ‘डेभलपिङ लिडर्स फर अ चेन्जिङ वर्ल्ड’ भन्ने विश्वव्यापी सिद्धान्त अनुरूप नेतृत्व विकास र सामाजिक सेवामा ५२ वर्षदेखि सक्रिय भूमिका निभाउँदै आएको छ।

स्वास्थ्य शिविरमा प्राविधिक सहयोग कटहरी–३, मोरङस्थित जीवन विकास सामुदायिक अस्पताल पब्लिक हेल्थ एण्ड एजुकेशन फाउन्डेशनले प्रदान गरेको थियो।

कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने र भावी दिनमा अझ मानवीय क्रियाकलापतर्फ समुदायलाई प्रेरित गर्ने आयोजकको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्