मनमोहनको १०५ औं जन्मजयन्तीमा विश्वविद्यालय अब्बल बनाउने प्रतिवद्धता

<span class='c1'>मनमोहनको १०५ औं जन्मजयन्तीमा</span> <span class='c2'>विश्वविद्यालय अब्बल बनाउने प्रतिवद्धता</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुडामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले आइतबार पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १०५ औं जन्मजयन्ती धुमधाम मनायो । कार्यक्रममा संरक्षण समिति सदस्य, सभासद, पालिका अध्यक्ष लगायतको उपस्थितिमा नेता अधिकारीको शालिकमा माल्यार्पण गर्दै उनलाई सम्झना गरिएको थियो । विश्वविद्यालय परिसरमा रक्तदान, वृक्षारोपण तथा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरियो ।

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्वविद्यालय सीमित बजेटका बीच पनि प्रगतिपथमा अघि बढिरहेको बताउँदै आगामी दश वर्षमा दक्षिण एशियामा उत्कृष्ट बन्ने दावी गरेका छन् । मनमोहन विश्वविद्यालयप्रति पछिल्लो समय विभिन्न भ्रमहरु सिर्जना गरिएकोप्रति उनले आक्रोश व्यक्त गरेका छन् ।

विश्वविद्यालयले उत्पादनमुखी अनुसन्धानमा सफलता हात पारिसकेको र विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याइरहेका कारण प्रगतिको यात्रामा रहेको उनको भनाई छ । सीमित स्रोत र चुनौतीलाई पार गर्दै आगामी दश वर्षभित्र दक्षिण एशियामा चिनिने यात्रामा रहेको बताउँदै सन् २०३० भित्रका महत्वाकांक्षी लक्ष्यसहित रणनीति तयार गरी कार्यान्वयन गरिरहेको सुनाए ।

पोखरेलले विश्वविद्यालयमा सीमित बजेट र जनशक्ति हुँदाहुँदै पनि मधुमेह नियन्त्रण तथा अन्य औषधि उत्पादनमा विज्ञ टोलीबाट अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार फार्मेसी संकायका विद्यार्थीहरूको समूहले विभिन्न प्रकारका भिक्स र सन्चो औषधिहरू उत्पादन गरिसकेको बताए ।

यस्तै, विश्वविद्यालयमा ‘एमालेकरण’ बढेको र अनियमितता भएको आरोपका सन्दर्भमा उपकुलपति पोखरेलले विश्वविद्यालयले मधेश, तराई र पहाड सबैतिरका विद्यार्थीहरु पढने गरेको र शिक्षकहरुले पढाउँदै आएको बताए । उनले अध्यापन र अनुसन्धान विस्तार गर्ने लक्ष्यसहित अघि बढिरहेको स्पष्ट पारे । धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नति गर्न लागिएको र कोशी प्रदेश सरकारले प्रक्रिया अघि बढाएकोमा धन्यवाद दिंदै यसै शैक्षिक सत्रदेखि बीएससी नर्सिङ, बीएनएमटी, साइकोलोजी काउन्सिलिङ लगायतका विषयमा कक्षा सुरु गरिने भिसी पोखरेलले जानकारी दिए ।

प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको यो विश्वविद्यालयले २०७८ सालदेखि उच्च प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको छ । हाल यहाँ सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, कानूनमा बीबीए–एलएलबी, अपराधशास्त्रमा एलएलएम, हस्पिटल एण्ड हेल्थकेयर म्यानेजमेन्ट, फार्मेसी लगायतका विषयमा पढाइ हुँदै आएको छ । साथै, आंगिक शिक्षालय पोलिटेक्निकमार्फत आठ विषयमा डिप्लोमा तहको शिक्षासमेत दिइरहेको छ ।

विश्वविद्यालय भएर पनि डिप्लोमा तहको शिक्षालाई समेटेर गुणस्तर गिराएको भन्ने आरोपको सन्दर्भमा उपकुलपति पोखरेलले प्राविधिक विश्वविद्यालयको जग नै पोलिटेक्निक भएको उल्लेख गरे । “विश्वका धेरै देशमा केजीदेखि पीएचडीसम्मको अध्यापन गराउने विश्वविद्यालयहरू छन्, त्यसैले पोलिटेक्निक र विश्वविद्यालय अलग हुने कुरा होइन,” उनले भने “विश्वविद्यालय हल्लाका भरमा बन्द हुने होइन, केवल पात्रहरू फेरिन सक्छन् ।”

बुढीगंगा–२ टंकीका स्थानीय तथा कोशी प्रदेश सांसद, पूर्वमुख्यमन्त्री र पूर्वउपकुलपति समेत रहेका केदार कार्कीले विश्वविद्यालयमा ‘एमालेकरण’ भएको भन्दै खारेजीको माग गर्दै प्रदेश सभामा आवाज उठाएका थिए । सांसद कार्कीले मनमोहनमा वेथिती बढको भन्दै छानविन समिति बनाउन पनि माग गरेका थिए । यता उपकुलपति पोखरेलले चाँही प्रदेश सरकारले पर्याप्त बजेट दिन नसक्दा लक्ष्य अनुसार सफलता हासिल गर्न समस्या भैरहेको र बेथिती भए अख्तियारबाटै छानविन गराएर दोषी पाइए कानुन अनुसार कार्वाही गराउन चेतावनी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्