बिराटनगर, असार १६ – बिराटनगर जुनियर जेसीजको आयोजनामा सोमबार हिमालयन दर्शन कलेज परिसरमा "ट्राफिक सचेतना : भीड होइन, नियम पछ्याऔं" भन्ने नारासहित एकदिने विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको नेतृत्व जुनियर जेसी आयुषा खतीवडाले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनमोहन पौडेल प्रमुख प्रशिक्षकको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले सहभागीहरूलाई ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी व्यवहारिक तथा प्रेरणादायी प्रशिक्षण दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि हिमालयन दर्शन कलेजका प्राचार्य श्री भरत सापकोटा रहनुभएको थियो। त्यस्तै, बिराटनगर जेसीजका अध्यक्ष जेसी प्रितेश राज दाहाल ज्यु तथा अन्य कार्यसमिति सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले ट्राफिक नियम पालनाको महत्त्व र ट्राफिक अनुशासनका व्यावहारिक पक्षहरू बुझ्ने अवसर पाएका थिए।
बिराटनगर जुनियर जेसीजले आगामी दिनहरूमा यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने जनाएको छ।