विराटनगरको जनता नमूना माविको ऐतिहासिक सफलता : शून्यबाट शतप्रतिशत प्रगतिको यात्रासम्म

<span class='c1'>विराटनगरको जनता नमूना माविको ऐतिहासिक सफलता</span> <span class='c2'>: शून्यबाट शतप्रतिशत प्रगतिको यात्रासम्म</span>

विराटनगर । कुनै समय विद्यार्थी शून्य र नतिजा पनि शून्य रहेको विराटनगर २ स्थित जनता नमूना माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षामा ९६ प्रतिशत सफलता हासिल गर्दै सबैतिरबाट वाहवाही कमाएको छ।

गत वर्षको एसईई नतिजा शून्य आएकै कारण आलोचना र गिज्याहटको सामना गर्नुपरेको विद्यालयले यो वर्ष ३१ मध्ये ३० जना विद्यार्थी उत्तीर्ण गराएर शानदार फड्को मारेको हो। यसलाई शिक्षा क्षेत्रकै अद्भुत पुनरुत्थानको उदाहरण मानिएको छ।

यो उपलब्धि विद्यालयको सामूहिक मेहनत, प्रतिबद्धता र साहसिक नेतृत्वको परिणाम हो। विद्यालयको यो पुनरुत्थानमा पूर्व प्रधानाध्यापक सनद कोइराला, ईश्वर घिमिरे, वर्तमान प्रधानाध्यापक चिन्तामणि रिजाल, व्यवस्थापन समिति अध्यक्ष मनोजविक्रम शाह, डा. मनोज राउत तथा पूर्व विद्यार्थी संघ अध्यक्ष उमेश भगतको विशेष भूमिका रहेको छ।

करिब चार वर्ष अघि आर्थिक संकट र कमजोर शैक्षिक स्थिति कै कारण विद्यालयमा एकजना पनि विद्यार्थी थिएनन्। तर मनोजविक्रम शाह व्यवस्थापन समितिको अध्यक्ष बनेसँगै विद्यालयले नयाँ जीवन पायो। दुई वर्षभित्रै विद्यालयमा ७०० भन्दा बढी विद्यार्थी भर्ना भए जुन आम अभिभावक तथा समाजको विद्यालयप्रतिको पुनः विश्वासको प्रतिक हो।

यो परिवर्तन केवल भौतिक पूर्वाधारसम्म सीमित रहेन। शैक्षिक गुणस्तर सुधारका लागि विराटनगर स्नातकोत्तर क्याम्पसका पूर्व प्रमुख डा. मनोज राउतलाई शैक्षिक सल्लाहकारको रूपमा अघि सारेर विद्यालय प्रशासनले दीर्घकालीन सुधारको मार्ग अपनायो।

जनता नमूना माविको यो सफलताले देखाउँछ समर्पण, योजना र नेतृत्वको सन्तुलनले शिक्षा क्षेत्रलाई कसरी पुनर्जीवित गर्न सकिन्छ। यो यात्रा धेरै शिक्षण संस्थाहरूका लागि प्रेरणाको श्रोत बन्ने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्