एकवर्षमा सिडीओ कार्यालय मोरङमा ३१३ वैदेशिक रोजगार ठगीका उजुरी

<span class='c1'>एकवर्षमा सिडीओ कार्यालय मोरङमा ३१३</span> <span class='c2'>वैदेशिक रोजगार ठगीका उजुरी</span>

विराटनगर । मोरङमा चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ३१३ वठा ठगीका उजुरी जिल्ला प्रशासन कार्यालयमा परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा परेका यी उजुरीमध्ये १३६ वटाको छानविन गरेर टुंगो लगाइएको हो । वैदेशिक रोजगारीका नाम ठगिएका पीडितलाई ठगीमा संलग्न पीडकबाट ७ करोडभन्दा बढी फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय सफल पनि भएको छ ।

प्रजिअ यादवका अनुसार चालु आर्थिक वर्ष ५ हजार ८७३ जनालाई परामर्श सेवा प्रदान गरिएको छ । संघीय सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मोरङमा रोजगार सेवा केन्द्रका कर्मचारी र सुरक्षित आप्रवासन (सामी) जिल्ला संयोजकसँगको अन्तरक्रिया तथा तालिम विराटनगरमा आयोजना गरेको छ । प्रजिअ यादवले कार्यक्रममा मोरङको तथ्यांक जानकारी गराएका हुन् ।

कार्यक्रममा अघिल्लो आर्थिक वर्ष कोशी प्रदेशबाट १ लाख ४० हजार जना वैदेशिक रोजगारीमा गएकामा चालु आर्थिक वर्षको जेठसम्म २ लाख ६० हजार युवा वैदेशिक रोजगारीका लागि विदेश गएको सामी कार्यक्रमको कोशी–मधेस प्रदेशकी व्यवस्थापक कोपिला दाहालले जानकारी दिएकी छिन् । हरेक वर्ष वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढ्दै गएको उनको भनाई छ ।

कार्यक्रमको उद्घाटनपछि बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि सीप सिकेर जान सके कम दुःख हुने र पैसा पनि बढी कमाइ हुने बताएका थिए । वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढ्दै गएको चर्चा गर्दै उनले सचेत हुन अनुरोध समेत गरेका छन् ।

वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी तथा न्यायमा सहजीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा बुझाइमा एकरुपता रहोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका उपसचिव शम्भुप्रसाद साहले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, रोहित विश्वकर्मा तथा सामी मोरङ जिल्लाका कार्यक्रम संयोजक दीपक राउतले सहजीकरण गर्नुभएको छ । कार्यक्रममा मोरङका १७, सुनसरीका १२ र झापाका दुई स्थानीय तहका ३१ जना रोजगार संयोजकहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्