जिल्ला बाल संगठन मोरङको सभापतिमा पहाडी नियुक्त

<span class='c1'>जिल्ला बाल संगठन मोरङको</span> <span class='c2'>सभापतिमा पहाडी नियुक्त</span>

विराटनगर । नेपाल बाल संगठन मोरङको जिल्ला कार्यसमिति सभापतिमा नविन पहाडी मनोनयन भएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असार ४ गते बसेको बैठकले पहाडीलाई सभापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल बाल संगठनको जिल्ला सभापति पदमा नियुक्त भएपछि सभापति पहाडीले संगठनको विधान, नीति, कार्यक्रम तथा निर्णय र निर्देशनका आधारमा कामलाई अघि बढाउने बताए ।

नियुक्ति पत्रमा विधान बमोजिम बाल संगठनको जिल्लामा रहेको चल अचल सम्पत्तिको व्यवस्थित अभिलेख राख्न र त्यसको संरक्षण गर्न साथै संरक्षणबिहीन बालबालिकाहरुको सहारा बन्ने काममा नेतृत्व गर्न भनिएको उनले बताए ।

सामाजिक तथा राजनैतिक क्षेत्रमा क्रियाशील पहाडी नेपाल स्काउट, विराटनगरको स्थानीय प्रमुख आयुक्त समेत हुन् । सभापतिमा मनोनीत पहाडीले यथासिध्र दुई जना सदस्य मनोनयन गर्ने र तीन महिनाभित्र जिल्ला सभा गरि कार्यसमिति गठन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्