ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ।

<span class='c1'>ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई</span> <span class='c2'>लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ।</span>

विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ। ‘वन स्टुडेन्ट, वन स्किल’ भन्ने मूल उद्देश्यसहित कलेजले सिकाइसँगै व्यवहारिक सीप विकासमा जोड दिँदै आएको छ।

नवीनतम योजनाअनुसार कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहरूले आफैंले सिकेको पेशा अपनाएर आत्मनिर्भर बन्न सकून् भन्ने लक्ष्यसहित व्यावसायिक सीपमूलक कक्षाहरू सञ्चालनमा ल्याइएको छ। मेडिकल, परामेडिकल, अप्लाइड साइन्स र इन्जिनियरिङ विषयमा ‘सुपर ४८’ ग्रुपका विद्यार्थीहरूका लागि विशेष कोर्ससहित ४०० घण्टाको अतिरिक्त कक्षा सञ्चालन गरिने जानकारी कलेजले दिएको छ।

साथै, MCQ आधारित साप्ताहिक मोक टेस्ट OMR शीटमा सञ्चालन गरिनेछ भने विद्यार्थीहरूको अध्ययन सहज बनाउन खुला लाइब्रेरीको व्यवस्थासमेत गरिएको छ।

१२ वर्षदेखि निरन्तर अध्यापनमा उत्कृष्टता देखाउँदै आएको ग्रीनल्याण्ड कलेजले शिक्षा मन्त्रालय र तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्‌बाट पटक–पटक राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरिसकेको छ। कलेजले उत्कृष्ट भौतिक पूर्वाधारसहित समयानुकूल आधुनिक शिक्षण पद्धति अवलम्बन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्