विराटनगरका व्यापारी भ्याट छली आरोपमा कारागार चलान

<span class='c1'>विराटनगरका व्यापारी भ्याट छली</span> <span class='c2'>आरोपमा कारागार चलान</span>

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले एक अर्ब ३१ करोड ६४ लाख राजस्व छली गरेको आरोपमा विराटनगर एक व्यापारीलाई कारागार चलान गरेको छ । मूल्य अभिबृद्धि कर (भ्याट) छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग÷बियानी एण्ड ब्रदर्स मार्वल’ का सञ्चालक सौरभकुमार बियानीलई कारागार चलान गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगर मोरङका कर अधिकृत भवानी प्रसाद दाहालले जानकारी दिएका छन् । उनका अनुसार असार १६ गते थुनुवा पूँजी जारी भएको थियो ।

मूल्य अभिबृद्धि कर ऐन, २०५२ अनुसार व्यापारी बियानीले कर छली गरेको ठहर भएपछि नगद वा जेथा जमानी बुझाउन आदेश गरिएको थियो । तर, आदेश अनुसार नगद तथा जेथा जमानी नबुझाएपछि कारागार चलान गरिएको अधिकृत दाहालले जानकारी दिएका हुन् ।

विराटनगर महानगरपालिका ३ मा सञ्चालित न्यू सौरभ ट्रेडिङ्ग÷बियानी एण्ड ब्रोदर्स हार्डवेयर एण्ड मार्वलले भ्याट छली गरेको आरोपमा अनुसन्धान गर्दा एक अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५८४ रुपिँया बराबरको राजस्व छली गरेको भेटिएको थियो ।

राजस्व छली भएको बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन आदेश भए बमोजिम नबुझाएमा मूल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा २३ (घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि थुनामा राख्न मोरङ कारागारालाई आन्तरिक राजस्व कार्यालयले पत्राचार समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्