विराटनगरमा घरबाटै चोरी हुन्छन् मोटरसाइकल, हतपत्त भेटिदैनन्

<span class='c1'>विराटनगरमा घरबाटै चोरी हुन्छन्</span> <span class='c2'>मोटरसाइकल, हतपत्त भेटिदैनन्</span>

इन्दु साह
विराटनगर । विराटनगरमा मोटरसाइकल र स्कुटर चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । हालै मात्र विराटनगर–१० स्थित तिनटोलिया शान्ति चौकमा दिउँसो करिब ४ बजे घरमै पार्क गरिएको स्कुटर चोरी भएको थियो । पहिले सवारी चोरीका घटना अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्र केन्द्रित हुन्थे । तर पछिल्लो समय घरमै राखिएका मोटरसाइकल, स्कुटर र साइकल समेत चोरी हुने घटना सामान्यजस्तै बन्न थालेको छ ।

दिउसै चोरी गर्नेहरु घर परिसरबाटै सवारी साधन उठाउँछन् । भारतिय सीमासँग क्षेत्र जोडिएको भएकाले चोरी गर्ने गिरोह भारतबाटै आउने गरेको आशंका गरिएको छ । चोरी भएको सवारीसाधन केही घण्टामै सीमापार पुर्‍याइने भएकाले फेला पार्न कठिन हुनेगरेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर ९३ वटा मोटरसाइकल हराएका छन् । तीमध्ये जम्मा ३८ वटा चोरीको सवारी फेला पारिएको छ । तर फेला पारी मुद्दा दर्ता भएको मोटर साईकल संख्या भने १९ रहेको छ । बाँकी १२ वटा मोटरसाईकलको मुद्दा चलाइएको छैन ।

जिल्ला प्रहरी कार्यलय मोरङ मातहतका अन्य कार्यलयहरुबाट ७ वटा फेला परेका मोटरसाईकलको मुद्दा चलेको छ।
साउनदेखि असारसम्म प्रत्येक महिनामा ३ देखि १७ वटा मोटरसाइकल चोरी भएका छन् । मंसिर महिनामा सबैभन्दा बढी १७ वटा मोटरसाइकल हराएका थिए, भने त्यसै महिनामा २ वटा मात्रै फेला परेका थिए । त्यसै गरी सबै भन्दा कम पौष र फागुन महिनामा ३÷३ वटा हराएका छन् । यसै महिनामा भने हराएकोबाट एउटा फेला परेको थियो ।

सवारी चोरीका घटना मुख्य गरी विराटनगरमा बढि भईरहेको छ । बजारमा एकै छिन्‌को लागि पार्किङ स्थलमा राखेको मोटर साईकल हराउने गरेको छ । अझ अदालत अगाडिको सडकमा पार्किड। गरीएको सवारी समेत चोरी हुने गरेको छ । विराटनगरका विभिन्न टोलमा चोरी गर्नेहरु दिउसै घर पस्दै सवारी चोर्न गरेका छन् ।े्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्