विराटनगरमा +२ अध्ययनको लागि विद्यार्थीको चाप, सही कलेज छनोट गर्न के कुरामा ध्यान दिने?

<span class='c1'>विराटनगरमा +२ अध्ययनको लागि विद्यार्थीको चाप, सही</span> <span class='c2'>कलेज छनोट गर्न के कुरामा ध्यान दिने?</span>

विराटनगर, असार १८

हालै सार्वजनिक भएको एसईई परीक्षाको नतिजापछि विराटनगरमा कक्षा ११ अध्ययनको लागि विद्यार्थीहरूको भीड बढ्दै गएको छ। शिक्षा विज्ञहरूका अनुसार यस वर्ष मात्रै ८ देखि १० हजार बिद्यार्थीले विराटनगरमै +२ अध्ययन गर्ने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका विभिन्न जिल्ला हुँदै विराटनगर आउन तयार भएका विद्यार्थी र अभिभावकका लागि उपयुक्त कलेज छनोट चुनौतीपूर्ण बन्दै गएको छ।

विराटनगरमा शिक्षा क्षेत्रमा नाम कमाएका कलेजहरू जस्तै मेरिल्याण्ड, एभरेस्ट, शिक्षादीप, अरनिको, सेन्ट जोसेफ, ग्रीनल्याण्ड आदिमा हरेक वर्षजस्तै यसपालि पनि विद्यार्थीको आकर्षण उच्च देखिएको छ। यद्यपि, कलेजको ब्रान्ड नाम वा प्रचारप्रसार मात्र हेरेर निर्णय गर्नु हानिकारक हुन सक्छ, त्यसको लागि गहन अध्यान गर्नुपर्ने बिज्ञहरु बताउछन ।

केवल सस्तो लोकप्रियता र आकर्षक प्रचारमार्फत विद्यार्थी बटुल्ने, तर भौतिक पूर्वाधार कमजोर र शिक्षण गुणस्तर न्यून कलेजहरूले विद्यार्थीको भविष्य नै धरापमा पार्न सक्छ।

सही कलेज छनोट गर्दा ध्यान दिनुपर्ने मुख्य पक्षहरू यसप्रकार छन्:

बिगतको नतिजा: कलेजबाट पास भएका विद्यार्थीको नतिजा, शैक्षिक प्रगति र विश्वविद्यालय स्तरमा उनीहरूको प्रर्दशन हेर्नु आवश्यक छ।

शिक्षक टिम: अनुभवी र योग्य शिक्षकहरूको उपस्थितिले शिक्षा गुणस्तर निर्धारण गर्छ।

भौतिक पूर्वाधार: प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, कक्षा कोठा लगायत आवश्यक संरचना कति स्तरीय छ भन्ने मूल्यांकन गर्नु पर्छ।

सल्लाह र अनुगमन: विद्यार्थीहरूको प्रगति ट्र्याक गर्ने सिस्टम, परामर्श सेवाहरू, समय–समयमा हुने मूल्यांकन व्यवस्था कति व्यवस्थित छ हेर्नु पर्छ।

अनुशासन र स्किल सिकाउने: कलेज आफैमा अनुशासित भइ विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि स्किल सिकाउने कलेज छान्नु जरुरी छ ।

बिज्ञान संकायतर्फ केही कलेजले विगतमा उत्कृष्ट नतिजा दिँदै राम्रो छाप बनाएका छन् भने व्यवस्थापन संकायमा समेत विराटनगर अग्रस्थानमा देखिन्छ। यही कारणले विराटनगर कोशी र मधेश प्रदेशका विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्य बन्दै गएको छ।

अभिभावक र विद्यार्थी दुवैले प्रचारभन्दा तथ्यमा आधारित मूल्यांकन गरेर मात्रै कलेज चयन गर्नुपर्छ, किनभने +२ को सही निर्णय नै भावी करियरको जग बन्नेछ। कुन कलेज पढ्न राम्रो हो भन्ने भन्दा पनि, कुन कलेजले विद्यार्थीको क्षमता विस्तार गर्न सक्छ भन्नेमा ध्यान जानु अहिलेको आवश्यकता हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्