विराटनगर । सुलभ र सुविधायुक्त शिक्षाको पहिचान बनाउँदै आएको श्री पोखरिया माध्यमिक विद्यालय, विराटनगरले नयाँ उत्साहका साथ कक्षा ११ का लागि भर्ना अभियान सुरु गरेको छ।

विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार कक्षा ११ को प्रवेश परीक्षा यही असार २० गते शुक्रबार बिहान ६:३० बजे विद्यालय परिसरमै सञ्चालन हुनेछ। यस वर्षदेखि विज्ञान संकायका विद्यार्थीका लागि २५ वटा र व्यवस्थापन संकायतर्फ १० वटा पूर्ण छात्रवृत्ति सीटको व्यवस्था गरिएको छ। विद्यार्थी छनोट मेरिटका आधारमा गरिने विद्यालयले जनाएको छ ।
पोखरिया मा.वि. मा विज्ञान, व्यवस्थापन र कम्प्युटर इन्जनियरिङ र कम्प्युटर विज्ञान संकायमा अध्ययन गराउन सकिने सुविधा छ। तीनै संकायमा विषयगत दक्षता भएका अनुभवी शिक्षकहरूमार्फत अध्यापन गराइन्छ।
विद्यालयमा खेलकुद मैदान, पुस्तकालय, क्यान्टिन, अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब लगायत सम्पूर्ण भौतिक पूर्वाधार उपलब्ध छन्।
कोशी प्रदेशकै एक सफल सामुदायिक विद्यालयका रूपमा स्थापित पोखरिया मा.वि.ले शिक्षाको क्षेत्रमा विशेष स्थान बनाएको छ। हालै सम्पन्न एसईई परीक्षामा विद्यालयका ३.९१ माथी जिपिए ल्याउने २० जना र ३.६० भन्दा माथी 'ए प्लस' ग्रेड २२७ जनाले हासिल गर्न सफल भएका छन्।

प्रवेश परीक्षा र भर्ना प्रक्रियाका लागि सीट संख्या सिमित भएकोले समयमै फारम भरी नाम दर्ता गरी सीट सुरक्षित गर्न प्रधानाध्यापक भट्टराईले अभिभावक र विद्यार्थीहरूलाई आग्रह गरेका छन्।