विराटनगरमा पशुबधशाला : २०६६ सालदेखि बन्न थाल्यो, आधा बनेपछि खण्डहर बन्यो

<span class='c1'>विराटनगरमा पशुबधशाला : २०६६ सालदेखि बन्न</span> <span class='c2'>थाल्यो, आधा बनेपछि खण्डहर बन्यो</span>

इन्दु साह
विराटनगर । विराटनगर–८ मा २०६६ सालदेखि निर्माण थालिएको पशुबधशालाका लागि चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान अन्तर्गत एक करोड रुपैँया बजेट बिनियोजन भएको थियो । सोह्र वर्षदेखि निर्माणाधीन चरणमै रहेको बधशाला आधा बनेर सम्पन्न प्रतिक्षामा छ । तर, बजेट आउँदा समेत त्यस रकम बराबरको निर्माणको काममा महानगरपालिकाले खासै चासो राख्ने गरेको छैन ।

बधशाला निर्माणकै लागि भनेर आएको रकम खर्चन महानगरपालिका ढिलो गरी तयार भएको थियो । बोलपत्र खोलेर जेठ २७ गते एसडी निर्माण सेवालाई सम्झौताका लागि बोलाएपनि अहिलेसम्म गएको छैन । एक करोडको योजनामा यसले ६२ लाख २४ हजारमा कबोल गरेको थियो । तर, आर्थिक वर्षको अन्तिमसम्म पनि काम हुने अवस्था देखिएको छैन ।

महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हिरालाल यादवका अनुसार बधशाला निर्माण योजना अगाडी नै सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म अलमलमै बितिरहेको छ । चालु आर्थिक वर्षमा समेत संघीय सरकारको बजेट खर्च गर्न नसकिएको उनले बताए ।
आर्थिक वर्षको अन्त्यमा बधशाला निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो । निर्माण व्यवसायी टेण्डर बिट गरेपनि छनौट भएकाले सम्पर्क गर्नै आएनन् । योजना शाखाका इन्जिनियर सुजन श्रेष्ठले निर्माण व्यवसायीसँग अझैसम्म सम्झौता हुन सकेको छैन। श्रेष्ठका अनुसार ठेक्का प्राप्त कम्पनी नै सम्झौताका लागि नआएकोले प्रक्रियागत काम अघि बढ्न सकेको छैन।

उक्त कम्पनीलाई ७ दिन पहिले पत्राचार गरिएको दावी छ । झण्डै ३० करोड लागत लाग्ने अनुमान गरिएको बधशालामा यस अगाडी १ करोड १९ लाख खर्च भएको छ । खर्च भएको रकमले बनेको भवन अहिले खण्डहर मात्रै बनेको छैन, लागुऔषध सेवन गर्नेहरुको अखडामा रुपान्तरण भएको छ । एक विघा बढी जग्गामा टङरङ्ग एउटा खण्डहर भवन बाहेक झोडीले पुरिएको छ । विराटनगरमा एकिकृत बधशाला निर्माण गर्ने १६ वर्ष अगाडीको योजना अहिले अलमलमा पर्नुको अर्को कारण भनेको कटहरीमा एकिकृत फलफूल तथा तरकारी बजार स्थापना गरेर गुद्री स्थान्तरण गर्ने योजना राखिएको थियो । कटहरी १ मा सुविधासम्पन्न भवन बनेपछि व्यापारी पनि गएनन् । विराटनगर ९ को गुद्री बजार छोड्न नमानेका उनीहरुले विकल्पमा विराटनगर ११ मा गुद्री सारे, त्यो पनि लिजमा लिएको जग्गामा ।

बधशाला समेत कोल्टे ठाउँमा निर्माण गर्दा त्यहाँ कोहि पुग्दैनन् भन्ने मानसिकता हावी भएको छ । कटहरीको तरकारी तथा फलफूल थोक जस्तै हुने भएकोले पनि बधशाला निर्माणमा चासो कम देखिएको छ । बधशाला निर्माण गर्ने भन्दा पनि महानगरपालिकाले नगर क्षेत्रका माछामासु पसललाई व्यवस्थित बनाउन बढी जोड दिदैं आएको छ । तर, आधा बनेको बधशाला निर्माणस्थललाई अहिले पनि राँगा काट्नेहरुलाई उपलब्ध गराए सहज हुने उनीहरुको भनाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्