विराटनगरका मिटरब्याजी मन्टु : जालसाज गरेर सर्वसाधारणलाई धम्क्याउँछन्, प्रशासनलाई टेर्दैनन

<span class='c1'>विराटनगरका मिटरब्याजी मन्टु : जालसाज</span> <span class='c2'>गरेर सर्वसाधारणलाई धम्क्याउँछन्, प्रशासनलाई टेर्दैनन</span>

विराटनगर । विराटनगरबाट मिटरब्याजी रकमको जालो बुनेका मन्टु भनिने सञ्जय प्रसाद रौनियारले सर्वसाधारणलाई जालसाँजमा फसाएर डुबाएका छन् । ऋणमा डुबेपछि जिल्ला प्रशासनमार्फत न्याय खोज्न पुगेका सर्वसाधारणसँग जिल्ला प्रशासन कार्यालय मोरङले छलफलका लागि बोलाउँदा समेत उनी टेर्दैनन् । सर्वसाधारणले दिएको उजुरीका आधारमा दुई पक्षीय छलफल गराउनका लागि स्थानीय प्रशासनले सम्पर्क गर्दा उनले आनाकानी मात्रै गरेका छैनन फोन स्वीच अफ गरेर बसेका छन् । त्यसपछि स्थानीय प्रशासनले प्रहरीमार्फत मन्टुलाई उपस्थित गराउन निर्देशन दिनु परेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार मोरङ प्रहरीलाई पत्रचार गर्दै मन्टुलाई कार्यालयमा झिकाउन भनेको छ । मिटरब्याजी मन्टुविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा २० जना पीडितले उजुरी दिएका छन्। उजुरी परेपछि प्रशासनले छलफलमा एक हप्ता अगाडि पनि बोलाएको थियो। छलफलमा पुगेका उनी बेहोस भईदिएर हिँडिदिए । उनी बारम्बार यस्तो गरेर प्रशासनलाई छल्ने अनि जिल्लास्थित प्रशासनले अन्य काममा लाग्नुपर्ने स्थिति आएपछि गाउँगाउँमा पुगेर फेरी सर्वसाधारण धम्क्याउने गर्दै आएका छन् ।

उनलाई तत्काल जिल्ला प्रशासनमा झिकाउन पत्रचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेलले जानकारी दिएका छन् ।
‘मन्टु’ विरुद्ध अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी विपक्षी बनाइ पेश गरेको उजुरीमाथि छलफल गर्ने तयारीमा स्थानीइ प्रशासन छ । तर, उनी प्रशासनलाई इन्कार गरी मोबाइल अफ गरी बसेका छन् ।

मन्टु १६ महिना जेल बसेर निस्किएपछि पनि कर्जा दिएका सर्वसाधारणलाई झूटो तमसुक देखाएर अदालतमा मुद्दा हाल्ने र सर्वसाधारणलाई हुलाकमार्फत पैसा मागेर आतंक पार्दै आएका छन् । यस अगाडी विराटनगर ८ का एकजना व्यक्तिलाई उनले यसरी कारागार पु¥याए । त्यहाँ हुँदाहुँदै उनको मृत्यु भयो । मिटरब्याजको नाममा आर्थिक विपन्न, अशिक्षित र कमजोर वर्गका मानिसहरूलाई आर्थिक र मानसिक रूपले पीडा दिने मन्टुको शृंखला जेल बाहिर आएपछि झन् भयावह बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनेमा गुल्जार मियाँ, दिलिप कुमार मण्डल, संगीता कामत, सावित्रा प्रसाई, बेबी खातुन, रोसनी खातुन, मिना शाक्या, मञ्जु शर्मा, गणेश राय, गोपाल राउत, राजेन्द्र चौधरी, अमित यादव, खगेन्द्र कुमार केवरत, साजिद मियाँ, परमेश्वर कामत, दिपक कुमार रायलगायत छन्। यस अगाडी २०७९ सालमा पनि उनले प्रहरीलाई बारम्बार धम्क्याएका थिए । त्यसपछि तत्कालिन प्रहरी उपरीक्षक सन्तोष खड्का आफैं खटेर घर खानतलास गर्दा कपाली काजगहरु भुँइमा खनेर गाडीको अवस्थामा बरामद भएको थियो ।
उनलाई पक्राउ अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गरेको थियो । २०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुविरुद्ध दायर भएको ठगी र अपराधिक लाभ मुद्दाबाट सफाइ पाएपछि चिठी पठाएर पैसा माग्न थालेका हुन् । उनले अदालतले समेत यो उचित रहेको भनेकोले प्रहरीलाई र स्थानीय प्रशासनलाई नटेर्ने भन्दै धम्क्याउने गरेका छन् ।

मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मंसिर २९ गते पक्राउ परेका थिए। १३ माघ २०७७ मा मन्टुविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको थियो।
मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा अपराधिक लाभ लिएको मोरङ प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रुपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो। ०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले मन्टुलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिए। त्यसपछि उनी मोरङ कारागार चलान भएका थिए।
कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधारणको जग्गा फिर्ता गरिदिने कबुल गरे। त्यसबेला निवेदकहरू र मन्टुबीच जग्गा फिर्ता गरिदिने छलफल भयो। मन्टुले सहमतिको पत्रमा हस्ताक्षरको लागि श्रीमती ज्योती रौनियारलाई अख्तियारी दिएका थिए।

सोही सहमति अनुसार १७ जना पीडितको जग्गा फिर्ता भयो। २०७९ जेठ ९ सफाइ पाएर मन्टु जेलमुक्त भए। जेलबाट सफाइ पाएर छुटेको दुई वर्षपछि फिर्ता गरेको जग्गाको पैसा दिनुपर्ने भन्दै १७ जना मध्ये ११ जनालाई पत्र पठाउँदै पैसा माग्ने गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्