विराटनगर, असार २१,
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्सले आफ्नो मर्की खेलाडी सन्दीप लामिछानेलाई रिटेन गरेको छ।
टिमको महत्वपूर्ण सदस्यका रूपमा रहेका सन्दीपलाई पुनः टोलीमा राखेर विराटनगरले आफू बलियो तयारीमा रहेको संकेत दिएको छ।
पछिल्लो समयमा उत्कृष्ट लयमा देखिएका स्पिनर लामिछानेले घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।
यसका साथै, अन्य खेलाडीहरूको रिटेन सूची पनि आज केहि बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।