विराटनगर किंग्सले सार्वजनिक गर्‍यो रिटेन खेलाडी सूची, सन्दीपसहित ६ खेलाडी कायम

<span class='c1'>विराटनगर किंग्सले सार्वजनिक गर्‍यो रिटेन खेलाडी</span> <span class='c2'>सूची, सन्दीपसहित ६ खेलाडी कायम</span>

विराटनगर । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि विराटनगर किंग्सले आफ्ना मर्की तथा महत्वपूर्ण खेलाडीहरुलाई रिटेन गरेको छ। टिमले छ जना खेलाडीलाई रिटेन गरेको छ।

रिटेन गरिएका खेलाडीमा राष्ट्रिय टिमका स्टार स्पिनर सन्दीप लामिछाने, युवा फास्ट बलर प्रतिश जिसी, युवा ब्याट्सम्यान लोकेश बम, बासिर अहमद यसका साथै युवा खेलाडीहरु नरेन भट्ट र सुभाष भण्डारी रहेका छन्।

विराटनगर किंग्सले यो वर्ष युवा टोलीलाई प्राथमिकता दिएको जनाउँदै आगामी लिगका लागि आफूहरु नयाँ रणनीतिमा अघि बढेको जनाएको छ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण चाँडै हुने तयारीमा रहेको छ, र विभिन्न टोलीहरूले आफ्नो रिटेन सूची सार्वजनिक गरिरहेका छन्। विराटनगर किंग्सको यो घोषणा पछि समर्थकहरूमा उत्साह थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्