विराटनगर । इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्व मुहर्रमको अवसरमा विराटनगरमा एक भव्य र अनुशासित र्याली सम्पन्न भएको छ। परम्परागत ऐतिहासिक महत्व बोकेको यस दिनलाई स्मरण गर्दै आजको र्याली निकालिएको हो।
जामे मस्जिद विराटनगरबाट सुरु गरिएको र्याली हाइवेको रोडशेष हुँदै राजवंशी चोक, मेनरोडको पुष्पलाल चोक, ठूलो मिल मार्ग हुँदै पुनः जामे मस्जिदमा पुगेर समापन गरिएको थियो। र्यालीमा सहभागीहरूले , झण्डा र धार्मिक नारासहित मुहर्रमको इतिहास र हजरत इमाम हुसैनको बलिदानलाई स्मरण गरेका थिए।
सुरक्षा व्यवस्था कडा बनाइएको थियो भने स्थानीय समुदाय र नागरिकस्तरबाट सहकार्य प्रस्ट देखिएको थियो। शान्तिपूर्ण रूपमा सम्पन्न भएको र्यालीमा विभिन्न उमेर समूहका, पुरुष, युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
मुहर्रम इस्लामी पात्रोको पहिलो महिना हो, जुन मुस्लिम समुदायका लागि विशेष शोक र श्रद्धाको समय मानिन्छ। खासगरी १० औँ दिन " आशुरा " मा हजरत इमाम हुसैन (रअ) लाई करबला युद्धमा परिवारसहित सहादत प्राप्त भएको सम्झनामा यो पर्व मनाइन्छ।
इस्लाम धर्मको मूल्य र अन्यायविरुद्धको संघर्षका लागि जीवन बलिदान गरेका हुसैनलाई श्रद्धा प्रकट गर्न यो अवसर महत्वपूर्ण मानिन्छ।