एसईई कप फुटबलको उपाधि बाल आदर्श बोर्डिङ स्कुललाई

<span class='c1'>एसईई कप फुटबलको उपाधि</span> <span class='c2'>बाल आदर्श बोर्डिङ स्कुललाई</span>

विराटनगर – चौथो संस्करणको एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शील्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको इटहरीस्थित बाल आदर्श बोर्डिङ स्कुलले जितेको छ । विराटनगरको दिल्ली पब्लिक स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै बाल आदर्शले उपाधि हात पारेको हो।

उपाधिसँगै विजेता टिमले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको दिल्ली पब्लिक स्कुल (डिपिएस) ले नगद १५ हजार रुपैयाँमा चित्त बुझाएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको चयन पनि गरिएको थियो। उत्कृष्ट गोलकिपर बाल आदर्श बोर्डिङ स्कुलका सुमन चौधरी घोषित भए । सनसाइन सेकेन्डरी बोर्डिङ स्कुलका अनिस खड्का उत्कृष्ट डिफेन्डर, डिपिएसका आयुष सहनी उत्कृष्ट मिडफिल्डर, साई चिल्ड्रेन होम स्कुल इटहरीका विशेष सरदार उत्कृष्ट फरवार्ड घोषित भए।

त्यसैगरी, उत्कृष्ट प्रशिक्षकको उपाधि बाल आदर्श बोर्डिङ स्कुलका निरज चौधरीले प्राप्त गरे। प्रतियोगिता अवधिमा सर्वाधिक गोल गर्ने खेलाडी डिपिएसका अमन खवा भए भने सर्वश्रेष्ठ खेलाडीको उपाधि डन बस्को स्कुलका प्रकाश कामतले जिते।

विजयी तथा उत्कृष्ट खेलाडीहरूलाई एक कार्यक्रमकाबीच विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष काजी बहादुर बस्नेत, विराट गोल्ड कप फुटबल ट्रस्टका पूर्वअध्यक्ष सन्तोष बानिया, उद्योगी प्रत्यूष राउत, मेरिल्याण्ड कलेजका निर्देशक मनोज गुप्तालगायतले पुरस्कार प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्