विराटनगर जेसीजद्वारा “मानवता सेवा सप्ताह २०२५” को भव्य समापन

<span class='c1'>विराटनगर जेसीजद्वारा “मानवता सेवा सप्ताह</span> <span class='c2'>२०२५” को भव्य समापन</span>

विराटनगर, विराटनगर जेसीजले शनिबार आफ्नो ‘मानवता सेवा सप्ताह २०२५’ को भव्य समापन गरेको छ। समापन समारोह अन्तर्गत ‘स्वच्छ, व्यवस्थित संसारीमाईस्थान मन्दिर’ अभियानलाई सफलतापूर्वक सम्पन्न गर्दै मन्दिर परिसरमा सरसफाइ, चौतारा मर्मत तथा नयाँ फलैचा निर्माण गरिएको थियो ।

साथै, जनताको सुरक्षा र जीवन रक्षा गर्न सर्प समातेर जोखिम मोलेका नगर प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद घिमिरेलाई सम्मान–पत्रसहित सम्मानित गरिएको छ।कार्यक्रम बिहान ८ बजे शुरु भएको थियो। विराटनगर जेसीजका मुख्य कार्यक्रम संयोजक अभिषेक भट्टराईले उपस्थित सबैलाई हार्दिक स्वागत गर्दै अभियानको महत्व र सामाजिक योगदानमाथि प्रकाश पारे।


प्रमुख अतिथि वडा नं. १० का अध्यक्ष अर्जुन गिरिले घिमिरेको साहसलाई उच्च प्रशंसा गर्दै भने, “सामान्य मानिस डराउने क्षणमा पनि घिमिरेले आफ्नो कर्तव्य निभाउँदै विषालु सर्प समातेर सर्वसाधारणको जीवन रक्षा गर्नु साँच्चिकै साहसको अनुपम उदाहरण हो। यस्तो उत्साह र समर्पणले हाम्रो समाज अझ सुरक्षित र सहिष्णु बन्छ। यसैगरी, विराटनगर जेसीजले मन्दिरको सरसफाइ, संरचना मर्मत र जनचेतना अभिवृद्धिमा खेलेको भूमिका अतुलनीय छ।”

विराटनगर जेसीजका अध्यक्ष प्रीतेश राज दाहालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भने, “ स्थानीय तह र नागरिक समुदायबीच सहकार्य भएर मात्र समाजमा यस्ता सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। हामी जेसीजले सदैव यस्ता सामाजिक उत्तरदायित्वहरूमा अग्रसरता लिदै आएका छौँ ।”कार्यक्रम संयोजक सनराइज चौधरीले कार्यक्रममा सहयोग गर्ने सबैलाई आभार ब्यक्त गर्दै विराटनगर जेसीज समाज सग जोडिएर कार्य गर्न सदैव अग्रसर रहेको बताए ।

समापन समारोहमा पूर्व अध्यक्ष, विराटनगर जेसीजका पदाधिकारी तथा सदस्यहरू, जुनियर जेसीजका प्रतिनिधिहरु र आम नागरिकको पनि उपस्थिति थियो।
कार्यक्रमका सहभागीहरूले मन्दिर परिसरमा फोहोर व्यवस्थापन, सरसफाइ, चौतारा मर्मत गरी अभियानलाई सफल बनाएका थिए।नगर प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद घिमिरेलाई उनको निडरता र समर्पणको कदर गर्दै सम्मान–पत्र र मायाको चिनो प्रदान गरिएको थियो।सप्ताह ब्यापी कार्यक्रमका कार्यक्रम सयोजक र मुख्य कार्यक्रम सयोजकलाई अध्यक्ष दाहालले प्रमाणपत्र र मायाको चिनो सहित धन्यवाद दिएका थिए । यस अभियान स्थानीय समुदायमा सरसफाइ, सेवा, सामाजिक उत्तरदायित्वको उजागर गर्दै सकारात्मक सन्देश प्रवाह गरेको छ। विराटनगर जेसीजको यो पहलले सर्वसाधारणबाट प्रशंसा पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्