सहयोग साझेदारीमा एनआइएमबी र विराट नर्सिङ होमबीच सम्झौता

<span class='c1'>सहयोग साझेदारीमा एनआइएमबी र</span> <span class='c2'>विराट नर्सिङ होमबीच सम्झौता</span>

विराटनगर । विराट नर्सिङहोम र नेपाल इन्भेस्टमेन्ट मेघा बैंक (एनआइएमबी) बीच सहयोग आदानप्रदान गर्ने सहकार्यका लागि सम्झौता गरिएको छ । दुवै पक्षबीच शुक्रबार विराटनगरमा यस्तो सम्झौता सम्पन्न भएको हो ।सम्झौताअनुसार विराट नर्सिङ होमले स्वास्थ्य सेवा उपलब्ध गराउने छ भने एनआइएमबीले बैंकिङ सुविधाहरुमा सहुलियत दिने छ ।

विराट नर्सिङ होमले उक्त बैंकका कर्मचारीहरु एवं ग्राहकहरुको स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । यसैगरी, बैंकले विभिन्न बैंकिङ प्रक्रियाहरुमा सहुलियत दिने सहमति गरिएको छ ।

यसैगरी दुवै संस्थाको प्रवर्द्धनमा एकअर्काले सहयोग पुर्याउने समझदारी पनि गरिएको जनाइएको छ ।सम्झौतापत्रमा विराट कलेजका तर्फबाट प्रशासन प्रमुख पदम बिनादी र प्रशासन अधिकृत साजनकुमार पासवानले हस्ताक्षर गरेका छन् । यस्तै, बैंकका तर्फबाट बैंकको विराटनगर शाखाका प्रमुख कृष्ण गोविन्द पौडेल र कोशी प्रदेश रिलेसनसिप प्रबन्धक नवनित राज प्रधानले हस्ताक्षर गरेका छन् ।

यसअघि विराट मेडिकल कलेज टिचिङ हस्पिटल र एनआइएमबी बीच पनि सहकार्यको सम्झौता भइसकेको छ । स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बैंकिङ सुविधाहरुमा सहुलियत दिनेलिने विषयमा सम्झौता भएको बैंकका प्रतिनिधि श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्