विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ

<span class='c1'>विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित</span> <span class='c2'>दुई युवा पक्राउ</span>

विराटनगर । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरुलाई पक्राउ गरेको पोखरेलले बताए ।

उनका अनुसार भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) खरिद गरेर आउँदै गरेका उनीहरुलाई विराटनगर महानगरपालिका–१६ बाट पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट २० ग्राम ३७ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।

भण्डारी र बस्नेतविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी एसपी पोखरेलले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्