पार्टीलाई सुधार गर्न दिए भीम पराजुलीले १८ बुदे धारण पत्र

<span class='c1'>पार्टीलाई सुधार गर्न दिए भीम</span> <span class='c2'>पराजुलीले १८ बुदे धारण पत्र</span>

विराटनगर । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम कोशी प्रदेशका सासद भीम पराजुलीले नेपाली कांग्रेसलाई सुधारको बाटोमा लाग्नको लागि १८ बुदे गम्भीर विषय बस्तुमा समेटिएको धारणा पत्र सार्वजनिक गरेका छन् ।पराजुलीले पार्टी केन्द्रीय समिति बैठकमा आईतबार समसामयिक राजनीतिक, सांगठनिक, आर्थिक र वैदेशिक सम्बन्धसँग जोडिएका विभिन्न १८ विषयमा गम्भीर धारणा प्रस्तुत गरेका छन् ।

कोशी प्रदेशका सासद समेत रहेका पराजुलीले पार्टीभित्र अनुशासन र आचारसंहिताको गम्भीर अभाव भएको उल्लेख गर्दै कांग्रेस जस्तो लोकतान्त्रिक दलमा यसले गम्भीर संकट निम्त्याउन सक्ने बताएका छन् । उनका अनुसार नेतादेखि कार्यकर्तासम्मले सार्वजनिक स्थान, सामाजिक सञ्जाल र चोक–चियापसलमा अपमानजनक अभिव्यक्ति दिनु गलत अभ्यास हो, र यस्तो व्यवहारको अन्त्य गर्दै आन्तरिक फोरमभित्रै धारणा राख्ने संस्कार विकास गर्नुपर्ने समय आएको छ।
पराजुलीले पार्टीको क्रियाशील सदस्यता प्रणालीमा पनि स्पष्ट वर्गीकरणको आवश्यकता औंल्याएका छन् । योग्य व्यक्तिलाई जिम्मेवारी दिनका लागि क्रियाशील सदस्यहरुको मुल्यांकन आवश्यक रहेको बताएका छन् । पछिल्लो समय कांग्रेस सरकारमा सहभागी भए पनि संसद र प्रशासनमा प्रभाव कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे एमालेसँगको गठबन्धनले राजनीतिक स्थायित्वमा योगदान दिए पनि कांग्रेसले अपेक्षाअनुसार लाभ लिन नसकेको पराजुलीको टिप्पणी छ ।

उनले विकास निर्माणका बजेटहरू व्यक्तिविशेषको प्रभावमा क्षेत्रीय रूपमा मात्र वितरण गरिएको भन्दै यसले पार्टीको समग्र छवि कमजोर बनाएको तर्क गरे । मोरङ लगायत पूर्वी क्षेत्रका जिल्लाहरूमा बजेट नपुगेको अवस्था उदाहरणीय रहेको उनले बताए । त्यस्तै, मनपरी नियुक्ति तथा दुईतिहाई सरकारको नाममा कांग्रेस निरीह बन्नु परेको अवस्था पनि उनले उजागर गरे। पूर्वाञ्चल विश्वविद्यालय लगायतका नियुक्तिमा कांग्रेसको भूमिकालाई उपेक्षित गरिएको उनको भनाइ थियो।

भ्रष्टाचार अझै राजनीतिक नेतृत्व र प्रशासनमा जरा गाडेर बसेको उल्लेख गर्दै उनले सुशासन कायम गर्न पार्टीले विशेष पहल गर्नुपर्ने बताए। नप्रतिनिधिहरूप्रति जनगुनासो बढ्दै गएको, स्थानीय तहदेखि प्रदेश र संघमा रहेका प्रतिनिधिहरू काम गर्न असफल देखिएको भन्दै पराजुलीले काम नगर्नेहरूलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने र काम गर्नेहरूको प्रशंसा गर्नुपर्ने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्