छैठौ विराटनगर बास्केटबल कप साउन २३ गते देखि, तयारीमा जुट्यो एकेडेमी

<span class='c1'>छैठौ विराटनगर बास्केटबल कप साउन २३</span> <span class='c2'>गते देखि, तयारीमा जुट्यो एकेडेमी</span>

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीद्वारा आयोजना हुने विद्यालयस्तरीय छैठौ विराटनगर बास्केटबल कप यस वर्ष साउन २३ गतेदेखि भदौ २१ गतेसम्म संचालन हुने भएको छ। प्रतियोगिताको संयोजकको जिम्मेवारी त्रिलोक बास्तोला लाई दिइएको छ भने, सञ्चेप श्रेष्ठ र दिया बस्नेतलाई सह-संयोजकका रूपमा नियुक्त गरिएको छ।

पछिल्लो वर्षको प्रतियोगितामा विकेभीएम ले छात्र तर्फको उपाधि जितेको थियो भने अरनिको स्कुल छात्रा तर्फको विजेता बनेको थियो। एभरेष्ट स्कुलमा भएको फाइनल खेलमा विकेभीएमले सगरमाथालाई ५६–३५ ले हराउँदै उपाधि जितेको थियो भने अरनिको स्कुलले विकेभीएमलाई २६–२४ को झिनो अन्तरले पराजित गर्दै छात्रातर्फ विजेता बनेको थियो।

पछिल्लो संस्करणमा प्रतियोगिता होम एण्ड अवे लिग फर्म्याटमा सञ्चालन गरिएको थियो जसमा टिमहरू आफ्नै तथा प्रतिस्पर्धी स्कुलको कोर्टमा खेल्ने मौका पाएका थिए। यसले खेलाडीहरूको अनुभव र क्षमता वृद्धि गर्न ठूलो मद्दत गरेको आयोजकले बताएका छन्।

यसपटक पनि होम एण्ड अवे लिग फर्म्याटलाई निरन्तरता दिँदै, प्रतियोगितालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्