विराटनगर ३ आयल निगम अगाडि भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको ज्यान गयो

<span class='c1'>विराटनगर ३ आयल निगम अगाडि भएको मोटरसाइकल</span> <span class='c2'>दुर्घटनामा परी एक युवाको ज्यान गयो</span>

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित कोशी राजमार्गमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। सप्तरी मधुबन–१ निवासी २४ वर्षीय अरबिन यादवको आयल निगम अगाडि भएको मोटरसाईकल दुर्घटनामा ज्यान गएको हो ।

 

उनी सवार रहेको को.३७ प. २६४ नम्बरको १५० सिसी क्षमताको मोटरसाइकल दुर्घटमा परेको हो। बिहान ४ः३५ बजे ढाटबाट कञ्चनबारीतर्फ आउदै गर्दा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनापछि गम्भीर घाइते भएका यादवलाई तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। तर चिकित्सकले बिहान ४ः५५ बजे उनलाई मृत घोषित गरेका छन्।

 

 

जिल्ला ट्राफिक प्रहरीका मोरङका अनुसार मोटरसाइकल आफै अनियन्त्रित भएर ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि मोटरसाइकललाई बरगाछी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्