विराटनगरमा फेरि देखिन थाल्यो कोरोना संक्रमण,असार २५ देखि खोप अभियान सञ्चालन हुने

<span class='c1'>विराटनगरमा फेरि देखिन थाल्यो कोरोना संक्रमण,असार</span> <span class='c2'>२५ देखि खोप अभियान सञ्चालन हुने</span>

विराटनगर । कोरोना भाइरसको संक्रमण फेरि देखा पर्न थालेपछि विराटनगर महानगरपालिकामा सतर्कता अपनाउन थालिएको छ । केही समय शान्त रहेको कोरोना अब पुनः सक्रिय बन्दै जाँदा सर्वसाधारणमा चिन्ता बढेको छ ।

 

महानगरको स्वास्थ्य महाशाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार हालसम्म महानगरभित्र ४ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरिएको छ । स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवका अनुसार संक्रमितमध्ये विराटनगर–१६ नम्बर वडामा एक जना, वडा नम्बर २ मा दुई जना र वडा नम्बर ९ मा एक जना रहेका छन । कोरोनाको फैलावट रोक्न महानगरले असार २५ र २६ गते खोप अभियान सञ्चालन गर्ने भएको छ ।

यो अभियान विशेषत दीर्घरोगी र ५५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गरि सञ्चालन गरिनेछ । डा. यादवका अनुसार यी समुहका व्यक्तिहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पहिलो प्राथमिकतामा राखिएको हो । खोप विराटनगरको १९ वटै वडाका स्वास्थ्य चौकीहरूमा सहज रूपमा उपलब्ध गराइने महानगरले जनाएको छ । यदि कसैमा कोरोनाको लक्षण देखा परेमा पनि परीक्षण गरी खोप लिन सकिने व्यवस्था गरिएको छ ।

 

 

साथै, ज्वरो, खोकी, नाकबाट पानी आउने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य चौकीमा जान डाक्टर यादवले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्