अवैध हातहतियार सहित भारतीय नागरिक पक्राउ

<span class='c1'>अवैध हातहतियार सहित</span> <span class='c2'>भारतीय नागरिक पक्राउ</span>

विराटनगर । झापाको मेचिनगर नगरपालिका ६ स्थित भन्सार कार्यालयबाट ‘एयर पेस्तोल’ र ‘मेटल बुलेट’सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

 

 

भारत सिलिगुडीका २६ प्रतिक अग्रवाल मंगलबार बिहान हतियारसहित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले बिहान ८ः५० बजेतिर पक्राउ गरेको हो । सुरक्षाकर्मीको संयुक्त टोलीले सवारीसाधन तथा यात्रु चेकजाँच गर्ने क्रममा डब्लुबी ७४ एजे ०४०० नम्बरको स्कुटर रोकेको थियो ।

 

 

भारतीय नम्बर प्लेटको स्कुटर चेकजाँच गर्ने क्रममा डिकीभित्र लुकाएर राखिएको अवस्थामा अवैध हतियार ‘एयर पेस्तोल’ र अग्रवालले बोकेको झोलाभित्र पेस्तोलमा प्रयोग हुने १८ थान ‘मेटल बुलेट’ बरामद भएको प्रहरीले जनाएको छ । अग्रवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्