अंशको विषयमा विवाद हुदाँ मोरङको रतुवामाईमा देवरले गरे भाउजूको हत्या

<span class='c1'>अंशको विषयमा विवाद हुदाँ मोरङको</span> <span class='c2'>रतुवामाईमा देवरले गरे भाउजूको हत्या</span>

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी पुरानो झगडा लिएर विवाद हुँदा एक जनाको ज्यान गएको छ । असार २१ गते मोरङको रतुवामाई ६ का ६० वर्षीय टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्ष टंकबहादुर बस्नेतले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।

 

 

टीकामाया बोल्न नसक्ने महिला थिइन् । बोली आउँदैनथ्यो, इसारामार्फत मात्र कुरा गर्न सक्थिन् । देवर टंकबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसलाई हिंसामा रूपान्तरण गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।

 

केही समय यता मृतकका पति गणेशबहादुर बस्नेत र उनका सौतेला भाइ टंकबहादुरबीच पुख्र्यौली सम्पत्तिको बाँडफाँट सम्बन्धी झगडा चर्किएको थियो । उक्त सम्पत्तिमा देवर टंकले एकलौटी कब्जा जमाउन खोजिरहेका थिए । अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टंक आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

बारीमा घाँस काट्न गएका बेला असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो । विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरियो । त्यस क्रममा मृतकको घुच्चुकमा गहिरो चोट लागेको देखिएको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएर घटनाको वास्तविक सम्म पुग्न सफल भयो ।

 

 

डीएसपी चुँडालका अनुसार हँसियाको बिँड प्रहार गरेर टीकामायाको हत्या गरिएको थियो । घटनामा प्रयोग भएको हँसिया टंककै घरबाट बरामद गरिएको छ । प्रहरीले सोमबार दिउँसो टंकलाई आफ्नै घरबाट पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । टंकविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्