तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

<span class='c1'>तराईमा पानी नपर्दा खेत</span> <span class='c2'>बाझै, किसान चिन्तित</span>

रबिन्द्र बराल,

विराटनगर। मोरङको दक्षिणी भेगका कृषकहरु यतिबेला ८० प्रतिशत घान रोपाई सक्किनुपर्ने तर समयमा पानी नपर्दा २५ प्रतिशत मात्रै रोपाई भएको छ । असार वितन लाग्दा समेत खेतमा पानी नहुदा खेत जोतेको खेतमा समेत धुलो उडन थालेको छ । समयमै पानी नपर्दा कृषकहरु मोटरको भरमा खेती गर्न बाध्य रहेका छन । मोटरको माध्यम बाट खेति गर्दा बिधुत आपुर्तिमा समेत समस्या हुने भोल्टेजको समस्या समेत कम हुने भएकोले कृषकहरु चिन्ति भईरहेका छन । मोरङमा सबैभन्दा राम्रो धान खेती गर्ने ७८ हजार हेक्टरमा क्षेत्र फल योग्य रहेको देखिन्छ । पानी नपर्दा मोरङमा २५ प्रतिशत मात्रै खेती भएको देखिन्छ ।

 

 

 

 

 

 

रंगेलीका कृषक कमलेश कुमार साहका अनुसार दिउँसो खेतमा पानी पटायो भोलिपल्ट खेतमा जाँदा खेत सुक्खा हुने गरेको दुखेसो गरेका छन । उनी जस्ता सयौं किसानहरु पानी नपर्दा दिनदिनै चिन्तामा परेका छन । असार महिनामा खोलानाला खेत वारिमा पानीले भरिभराउ हुने समय हो तर अहिले खेत बारीमा सुखेको माटोको डल्ला मात्रै देख्न पाईन्छ ।

 

कृषकहरुले असारमा लगाएको धान बालिले एक बर्ष भरि घरपरिवार लाई खान लगाउन पुग्ने गरेको भएता पनि यस बर्ष कसरी परिवार पालनपोषण कसरी गर्ने भनेर चिन्तामा रहेको गयान्द मंण्डलले बताए । स्थानिय सरकार र प्रदेश सरकारले मलखाद तथा दमकल हरुको सहजै समयमा उपलब्ध गराउदा कृषकहरुको लागि सहज हुने तर सरकारले हामी किसानलाई बेवस्था गरेको किसानहरुको गु्नासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्