विराटनगर । विराटनगर महानगरपालिकाले रिक्त नगर प्रहरीको पदको लागि ९ महिना अघि भर्ना आवेदन खुलाएको थियो । २०८१ साल असोज ३० गते नगर प्रहरी जवान पदको लागि ३५ जना माग सहितको सुचना प्रकाशित गरेको थियो । तर आज ९ महिना वितिसक्दा पनि कुनै प्रकृया अगाडी नबढेपछि आवेदकहरुले गुनासो बढ्न थालेका छ । सूचना प्रकाशित गरेको लामो समय वितिसक्दा पनि महानगरपालिकाले हालसम्म निर्णय लिन नसक्दा ४ सय बढी आवेदकहरुको तीव्र असन्तोष बढ्न थालेको हो । महानगरले ३५ जना नगर प्रहरीको माग राखेर १५ दिने सूचना आव्हान गरेपछि ४९८ जनाको आवेदनहरु अहिले त्यसै थन्किएको छ ।
महानगरको लागि आवश्यक पर्ने नगर प्रहरी नहँदा स्वयम महानगरलाई समेत समस्या आईपरेको छ । हाल महानगरमा प्रहरी निरीक्षक , प्रहरी नायव निरीक्षक , सहयाक प्रहरी निरीक्षक गरी १ – १ र २ जना ह्ल्वदार रहेका छन् भने बाँकी जवान रहेका छन् । महानगरले चाहे जति नगर प्रहरी नहँदा आन्तरिक सुरक्षादेखि अवैध उत्खनन नियन्त्रणसम्म जस्ता डिउटीमा खटिनको लागि समस्या देखा पर्न थालेको छ । जनशक्ति अभावका कारण नगर प्रहरीले दिनहुँका नियमित जिम्मेवारीहरू समेत सम्हाल्न नसक्ने अवस्था आएको नगर प्रहरीको कमाण्ड समाल्दै आउनुभएका नगर प्रहरी निरीक्षक राजन पौडेलले बताउनुभयो ।
उहाँका अनुसार सिंघिया र केसलिया खोलामा दिनहु जसो बालुवा र माटो तस्करी भइरहेको पाइन्छ । पौडेल भन्नुभयो,’ ‘‘हामीलाई आवश्यक पर्ने प्रहरी जवान भईदिएको भए धेरै सहज हुने थियो । ’’ यता महानगरले हाल सम्म ठेक्का प्रक्रिया अघि नबढ्दा राज्यले राजस्व गुमाइरहेको छ भने तस्करीका कारण पर्यावरणीय जोखिम पनि बढेको छ । नगर प्रहरीको रिक्त पद पूर्तिका लागि ९ महिनाअघि आवेदन दिएका युवाहरूको गुनासो पनि उतिकै मात्रामा बढ्दै गएको आवेदनहरुको भनाई छ । एक जना आवेदकले नाम नखुलाउने शर्तमा भने, ‘पाँच सय रुपैयाँ बुझाएर आवेदन दिएका थियौं । आवेदन दिएको पनि ९ महिना भयो । हालसम्म नगरले न त परीक्षा लिएको छ, न त अन्तर्वार्ता बोलाएको छ । हुदैन भने सुचना निकालेर हुदैन भन्नुपर्यो नभए हाम्रो आवेदन वापतको पैसा फिर्ता गर्नुपयो ।’ यता विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नगर प्रहरी नियुक्तिमा भएको ढिलाइलाई आन्तरिक आम्दानीमा आएको कमीले असर पारेको बताए ।
‘गएको वर्ष ६७ करोड आन्तरिक आम्दानी थियो, तर यो वर्ष साढे ५३ करोडमा झरेको छ । यस्तो अवस्थामा नियुक्त प्रक्रिया अघि बढाउन सकिएन । महानगरमा नगर प्रहरीको भर्ना मात्र हैन अन्य आन्तरीक काम–काजहरु बजेट अभाव कै कारण भने जस्तो गर्न नसकिएको कोईरालको स्वयम गुनासो छ । आउनेदिनमा बजेटलाई हेरफेर गरी नगर प्रहरीको भर्ना प्रकृयालाई पनि चाडै निर्कोल गर्ने मेयर कोईरालाले विस्वास दिलाए ।