विराटनगर असार २६ ,
आगामी २०२५ जुलाई २६ मा हुन गइरहेको गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा विराटनगर घर भई हाल अष्ट्रेलियाको तास्मानियामा बसोबास गर्दै आएका मोहम्मद तौसिफ राजा खानलेतास्मानिया राज्य समन्वय परिषद् को सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
खान विगत २०२२–२०२५ कार्यकालमा एक नेपाली क्रिकेट क्लबको कोषाध्यक्षको भूमिकाबाट सुरुआत गर्दै हाल क्लबको अध्यक्षको रूपमा नेतृत्व दिइरहेका छन्। संस्थागत अनुभव र समुदायप्रति आफ्नो समर्पणलाई अझ व्यापक रूपमा उपयोग गर्ने सोचका साथ उनले अब एनआरएनएको माध्यमबाट नेपाली समुदायको हितमा योगदान दिन चाहेको जनाएका छन्।
खानले एनआरएनएको संगठनात्मक संरचनालाई थप सबल बनाउँदै तास्मानियामा नेपाली समुदायबीच एकता, सहयोग र विकासको भावना अभिवृद्धि गर्ने लक्ष्य रहेको बताएका छन्।