आदिकविको जन्मजयन्तीमा एभरेष्ट कलेजमा कविता प्रतियोगिता

<span class='c1'>आदिकविको जन्मजयन्तीमा एभरेष्ट</span> <span class='c2'>कलेजमा कविता प्रतियोगिता</span>

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगरमा रहेको एभरेष्ट कलेजले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा सुप्रिया रम्तेल प्रथम, सन्ध्या सिग्देल द्वितीय र सुशान्त श्रेष्ठ तृतीय भएका थिए ।

कलेजका शिक्षक खम्बसिंह नेपाल र प्रतिमा कार्कीको निर्णायक समितिले प्रतियोगितामा प्रतिस्पर्धीहरु मध्येबाट विजेताको नाम घोषणा गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नवोदितले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा नेपाललाई एकीकरण गरेजस्तै भाषिक र सांस्कृतिक रुपमा आदिकवि भानुभक्त आचार्यले नेपाललाई एकीकरण गरेको चर्चा गरे । कलेजका प्राचार्य टीकाराम पुरीले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै एभरेष्ट कलेजले पनि भानुभक्तको स्मृतिमा हरेक वर्ष साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए ।

 

उनले घाँसीको प्रेरणाले आदिकवि भएका भानुभक्तले नेपाली साहित्यलाई रामायण, बधुशिक्षा, प्रश्नोत्तरलगायतका कृति दिएको चर्चा गरे । पुरीले एभरेष्ट कलेज र स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कविता, वादविवाद, वक्तृत्व, चित्रकला, खेलकुदलगायतका प्रतियोगिता आयोजना गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्