मौद्रिक नीतिमा विराटनगरका उद्योगीको समिक्षा : सकारात्मक छ, सुधार गर्नुपर्ने देखिन्छ

<span class='c1'>मौद्रिक नीतिमा विराटनगरका उद्योगीको समिक्षा :</span> <span class='c2'>सकारात्मक छ, सुधार गर्नुपर्ने देखिन्छ</span>

विराटनगर । उद्योग संगठन मोरङले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सरकारले ल्याएको बजेटसँग मिल्दो रहनु सकारात्मक बताएको छ । बजार चलायमान हुन नसकिरहेको वर्तमान समयमा नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०८२\८३ का लागि समयमै मौद्रिक नीति सार्वजनिक गरेको भन्दै संगठनले आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेटसँग यो नजिक रहेको समिक्षा गरेको हो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले अर्थतन्त्रमा शिथिलता छाएको अवस्थामा बजारलाई तत्काल चलायमान वनाउने उद्देश्य अनुरुप रियल स्टेट र शेयर कर्जामा अपनाएको लचिलोपनले अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् । घर निर्माण र खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाउनु, जग्गा विकास तथा भवन निर्माणसंग सम्बन्धित फर्म÷कम्पनीलाई प्रवाहित कर्जाका लागि पुनरसंरचना र पुनरतालिकीकरण गर्ने ब्यवस्था, बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा बढाउनु जस्ता विषयलाई मौद्रिक नीतिमा समावेश गरिएकोले अर्थतन्त्रको सुस्ततालाई हटाउने अध्यक्ष राठीको बुझाई छ ।
ब्याजदर करिडोरको माथिल्लो सीमामा रहेको बैंकदर, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर र नीतिगत दरलाई घटाउनाले उद्योग, व्यवसाय र व्यक्तिगत व्यक्तिहरूले कर्जा लिने सम्भावना बढी अर्थतन्त्रमा लगानी र खर्च बढाउन मद्दत पु¥याउने आसा समेत व्यक्त गरिएको छ । तथापी निक्षेपको ब्याजदर घट्दा हुनसक्ने सम्भावित पंँुजी पलायनका सन्दर्भमा नेपाल राष्ट्र वैंक सचेत र सर्तक हुनुपर्ने थप सुझाव दर्ज गरिएको छ ।

कृषि, साना तथा घरेलु उद्योगको हकमा चालुपँुंजी कर्जा सम्बन्धी मार्गदर्शनलाई व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने विषयलाई मौद्रिक नीतिले सम्वोधन गरेको तर कसरी सम्वोधन गर्ने भन्ने विषय कार्यान्वयन पक्षमा निर्भर छ । अन्य उद्योग व्यवसायको हकमा माैिद्रक नीति मौन रहेकोले ठूला उद्योगको हकमा थप सम्बोधनको माग गरिएको छ । त्यसैगरी अहिलेको बजार संकुचनको मुख्य समस्या भनेको उद्योगी व्यवसायीले ऋण फिर्ता गर्न नसकेको हो र यसका लागि ऋणको पुर्नतालिकीकरण गर्ने सुविधा मौद्रिक नीतिले सम्वोधन गर्न नसकेको पनि उल्लेख गरिएको छ ।

त्यसैगरी अर्को कर्जाको वर्गिकरण सम्वन्धि समस्याले पारेको प्रभावलाई सम्वोधन गर्नका लागि कर्जा वर्गिकरण तथा कर्जा नोक्सानी व्यवस्थालाई समयानुकुल अन्तराष्ट्रिय अभ्यास अनुसार गर्नुपर्ने सुझावलाई सम्वाधन गर्दै मौद्रिक नीतिले यसमा अध्ययन गरि आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ भन्नु सकारात्मक रहेको छ । यसको कार्यान्वयनबाट मात्र प्रभाव देखिने हुदा यसका लागि चाडै अध्ययन गरी कार्यान्वयनमा ल्याओस भन्ने अपेक्षा संगठन गर्दछ ।

ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट उक्त विवरण प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गर्ने व्यवस्थाले केवाइसी अपडेट गर्नुपर्दा सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा अलग अलग समयमा सम्पूर्ण डकुमेन्टहरू कागजातहरु पेश गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरी प्रक्रियामा सहजता हुने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउनु पर्दछ ।

त्यसैगरी एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) को स्थापना विषय संगठनले सबैभन्दा पहिला उठाएको र गत मौद्रिक नीतिमा यस्को प्रावधान राखिएको भएतापनि कानुन निर्माणको अभावमा कार्यान्वयनमा नआएले अविलम्व कानुन वनाई यसलाई कार्यान्वयनामा ल्याउनु पर्दछ भन्ने संगठनको माग छ ।

नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०८२÷८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा सकारात्मक पक्ष्ँ समेटिएको भएतापनि समग्र अर्थतन्त्रमा शिथिलता छाएको वर्तमान अवस्थामा निर्यातमूलक उद्योग, स्र्टाटअपहरुको सन्दर्भमा मौद्रिक नीति मौन रहेको छ । त्यसैगरी दीर्घकालिन महत्वका विषयलाई नीतिले महत्व नदिनु र कहिले खुकुलो र कहिले कसिलो आउनुले वैदेशिक लगानीका क्ष्ँेत्रहरुमा समेत अन्यौलता छाउने भएकाले अनुमानयोग्न नीतिगत व्यवस्था कायम गरिनु पर्दछ भन्ने संगठनको मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्