साहित्यकार सिग्देललाई दीनबन्धु–उषादेवी गोयल पुरस्कार

<span class='c1'>साहित्यकार सिग्देललाई दीनबन्धु–उषादेवी</span> <span class='c2'>गोयल पुरस्कार</span>

विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलबाट स्थापित दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ । समाजसेवी गोयलले प्रतिभा पुरस्कार प्रतिष्ठान मार्फत स्थापना गरेको ५० हजार नगद राशिसहितको पुरस्कार साहित्यकार सिग्देललाई प्रदान गरिएको हो ।

कोशीका प्रदेशप्रमुख परशुराम खापुङ र प्रतिष्ठानका अध्यक्ष कविराज न्यौपानेले सिग्देललाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लाबाट सम्मान गरेका थिए । लामो समयदेखि सामाजिक, शैक्षिक र धार्मिक सेवामा समर्पित गोयलले १५ भन्दा बढी स्थानमा अक्षयकोषको स्थापना गरेर छात्रवृत्ति, पुरस्कार, सेवा र धार्मिक कृत्य सञ्चालन गरिरहेका छन् ।

कार्यक्रममा साहित्यकार सिग्देलले गोयलदम्पतीजस्ता सुपात्रले स्थापना गरेको पुरस्कार प्राप्त गर्दा आफूले भाग्यशाली र गौरवान्वित अनुभव गरेको बताए । उक्त कार्यक्रममा पोखराका कवि तीर्थ श्रेष्ठलाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्