भारतबाट ल्याएको साढे सातलाख बढीको औषधीसहित एक व्यक्ति विराटनगरमा पक्राउ

<span class='c1'>भारतबाट ल्याएको साढे सातलाख बढीको</span> <span class='c2'>औषधीसहित एक व्यक्ति विराटनगरमा पक्राउ</span>

विराटनगर । सीमा क्षेत्र विराटनगर १६ दरैयाबाट सात लाख ९० हजार ३०० मूल्य बराबरको औषधीसहित विराटनगर–१६ का सिकन्दर यादव पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट मोटरसाइकलमा राखेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको औषधीसहित प्रहरीले यादवलाई मंगलबार बिहान ५ बजेको पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी सहायक निरीक्षक कुमार राईको मोवायल टोलि र प्रहरी सहायक हवल्दार अबिनास रायको कमाण्डमा रहेको क्यूआरटी टोलिले औषधी लिएर आउँदै गरेका यादवको पिछा गरेको थियो । त्यस क्रममा उनी औषधी छोडेर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

यादवले बीआर ३८ एच २२२७ नम्बरको मोटरसाइकलमा चार कार्टुन ओमेघाटाइम क्याप्सुल, प्रोकल डी–ट्याब ४७ बट्टा, ट्रमाकल–एम–ट्याब ७९२ बट्टा प्याकेजिङ गरेर ल्याउँदै गरेका थिए । प्रहरीलाई देख्नासाथ विराटनगर १६ दरैयाबाट उनी भाग्ने प्रयासमा रहेका बेला पक्राउ परेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालयमा बरामद औषधी र यादवलाई ल्याएर थप कारवाहीका लागि भन्सार कार्यालय विराटनगर पठाइएको छ । औषधी कसको हो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्