प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कोशीको बजेट स्वीकृत

<span class='c1'>प्रदेश अनुसन्धान तथा प्रशिक्षण</span> <span class='c2'>प्रतिष्ठान कोशीको बजेट स्वीकृत</span>

विराटनगर । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो ।

 

प्रदेश सरकारले एकमुष्ट रुपमा दिएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाख गरेर २ करोड ८६ लाखको कार्यक्रम बैठकले तय गरेको छ । त्यस्तै प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत गरिएको छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रतिष्ठानले कर्मचारीहरूलाई स्मार्टनेस बनाउने गरी तालिम गर्नुपर्ने बताए । उनले प्रतिष्ठानलाई सबैले चिन्ने र विश्वासिलो बनाउने गरी अगाडि बढाउन निर्देशन दिएका छन् ।

 

बैठकमा सदस्यका रूपमा प्रदेशको प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष योजना आयोगका उपाध्यक्ष, विभिन्न पालिकाका प्रमुख र उपप्रमुख सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्