श्रावणको पहिलो सोमबारको तयारीमा विराटनगरका शिव मन्दिर

<span class='c1'>श्रावणको पहिलो सोमबारको तयारीमा</span> <span class='c2'>विराटनगरका शिव मन्दिर</span>

इन्दु साह
विराटनगर । श्रावण महिनाको पहिलो सोमबारको लागि विराटनगरका शिव मन्दिरहरू सजाउन थालिएको छ । श्रावणको सोमबार विशेष पूजाआजा र जल चढाउने धार्मिक मान्यता अनुसार भक्तजन शिव मन्दिर जाने चलन रहेको छ । त्यहि तयारी स्वरूप विभिन्न मन्दिरहरूमा सरसफाइ तथा सजावट गरिएको छ ।

विराटनगरका विभिन्न स्थानमा २१ वटा शिव मन्दिर रहेका छन् । त्यसमध्ये विराटनगर ७ स्थित देवकोटा चोकको श्री बनसखण्डि महादेव मन्दिरलाई मुख्य मानिन्छ । यहाँ सोमबार आस्थवान भक्तजन पुग्ने गर्दछ । मन्दिरका पुजारी संजय गिरीका अनुसार अघिल्लो वर्ष श्रावण महिनामा करिब ८ हजार श्रद्धालु पुगेका थिए । यस वर्ष त्यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

श्रद्धालुहरू बिहानैदेखि बेलुकीसम्म लाईनमा बसेर जल चढाउने गर्छन्। विशेषत अविवाहित युवतीले वर पाइने र व्रत बसेर शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्त हुने जनविश्वासले छ । त्यस्तै विवाहित महिलाले समेत साउनमा व्रत बस्ने गर्दछन् । पछिल्लो समय त पुरुषले समेत साउनमा व्रत बसेर खानपीन बार्ने चलन बढ्दो छ ।

यस वर्ष श्रावणमा चार वटा सोमवार परेका छन्। यी चारवटा सोमबार बनसखण्डि मन्दिर बाहेक विराटनगर १ को शिव पञ्चायन मन्दिर, विराटनगर १४ को मण्ठपोखरी र बाणेश्वर शिवालय, विराटनगर २ को विराटेश्वर मन्दिर, ३ को हलेसी र प्रकाशेश्वर, ५ को पञ्चेश्वर, १०, १२, १३, १६ लगायत वडाका शिव मन्दिरहरूमा पनि भक्तजनको बाक्लो उपस्थिति रहनेछ। भगवान शिवको प्रिय महिना श्रावण र प्रिय बार सोमवार भएकाले नदी, पोखरी, तीर्थस्थलबाट ल्याइएको पवित्र जल चढाउने परम्परालाई भक्तजनले निरन्तरता दिँदै आएका छन् । यही धार्मिक आस्थाले विराटनगरका शिव मन्दिरहरूमा सोमबार विशेष चहलपहल देखिएको छ । साथै वनस्खण्डि मन्दिरमा अन्य वर्ष भन्दा बढि कार्यक्रम रहको पुजारीको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्