विराटनगरमा १३७ धार्मिक र सांस्कृतिक सम्पदा, सबैको महत्व उतिकै

<span class='c1'>विराटनगरमा १३७ धार्मिक र सांस्कृतिक</span> <span class='c2'>सम्पदा, सबैको महत्व उतिकै</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका धार्मिक तथा साँस्कृतिक शहरको रुपमा स्थापीत छ । विराटनगरलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलले भरिएको समृद्ध शहरको रूपमा चिनिन्छ ।

औद्योगिक राजधानीको रूपमा परिचित यो शहर धार्मिक विविधताको रुपमा समेत परिचित रहेको छ । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको महत्व सबैभन्दा बढी छ । त्यस बाहेक पनि यहाँ रहेका विभिन्न धार्मिकस्थलहरुले शहरलाई धार्मिक सहिष्णुताको रुपमा परिचित गराउँदै आएको छ । महानगर क्षेत्रभित्र १३७ वटा धार्मिक तथा ऐतिहासिक स्थलहरू रहेका छन् ।

विराटनगरमा विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति बोकेका समुदायहरू लामो समयदेखि बसोबास गर्दै आएका छन्। त्यसैले यहाँ हिन्दु, मुस्लिम, किरात, लगायतका धार्मिक आस्थाअनुसार मठ, मन्दिर, मस्जिद, मदरसा तथा थानहरू कायम छन् । पुराना मन्दिरहरु संरक्षणका काम समेत पछिल्लो समय हुँदै आएको छ ।

ऐतिहासिक र पुरातात्विक क्षेत्रको रुपमा रहेका विराट राजा दरबार क्षेत्र, धरहवा पोखरी, रानी र मण्ठा पोखरी अहिले स्थानीय सरकारले संरक्षण र स्तरोन्नती गर्दै आएको छ ।
विभिन्न देवी–देवता समर्पित तीर्थस्थलमध्ये शिव मन्दिरहरूको संख्या सबैभन्दा धेरै २१ वटा छ । रामजानकी मन्दिर ११ वटा, हनुमान मन्दिर १२ वटा, दुर्गा मन्दिर ६ वटा, शनि मन्दिर र संसारीमाई स्थान २÷२ वटा रहेका छन् । त्यस्तै गढीमाई, पशुपति, राधाकृष्ण, सत्यनारायण, भिमसेन लगायतका मन्दिरहरू पनि विभिन्न वडामा रहेका छन् ।

मुस्लिम समुदायको धार्मिक मान्यता बोकेका मदरसाहरू तथा मस्जिदहरू पनि यहाँ पाइन्छन् । यी संरचनाहरूले विराटनगरको धार्मिक सहिष्णुता र अस्तित्वको झल्काउँछन् । धार्मिक स्थलहरू न केवल आस्थाका केन्द्र हुन् । यी पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छन्। यस्ता स्थलहरूको संरक्षण महानगरपालिका र स्थानियले गर्दै आएका छन् ।
यी हुन् विराटनगरका धार्मिक सम्पदा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्