विराटनगर । इन्जिनियरिङ्ग शिक्षामा २५ वर्षको समृद्ध अनुभव बोकेको इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटि अन्तर्गत ३ वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनमा ल्याएको छ।

नयाँ सञ्चालित कार्यक्रमहरुमध्ये डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङका कार्यक्रम चालु शैक्षिकसत्रदेखि सञ्चालनमा ल्याएको हो । वि.ई सिभिल इन्जिनियरिङ,वि.ई कम्प्युटर इन्जिनियरिङ, वि.ई इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड अटोमेसन इन्जिनियरिङ कलेजमा पूर्ववत सञ्चालनमा रहेको कलेजका प्राचार्य ई. अमित सुरानाले जानकारी दिए ।

२५ वर्षको इन्जिनियरिङ शिक्षण अनुभव दक्ष र अनुभवी प्राध्यापकद्वारा गुणस्तरीय शिक्षा प्रदान विषयअनुसारका अत्याधुनिक प्रयोगशाला र आवश्यक सफ्टवेयर प्रशिक्षण नियमित शैक्षिक भ्रमण, प्रोजेक्ट प्रेजेन्टेसन र सेमिनार तथ शान्त, अनुशासित वातावरण, फराकिलो खेलमैदान, सुविधा सम्पन्न भवन र पुस्तकालय समेत व्यवस्था रहेको छ ।

अतिरिक्त क्रियाकलाप तथा समयसमयमा वर्कसप तथा टेक्निकल सेमिनारको आयोजना यस कलेजले गर्दै आएको छ । इन्जिनियर बन्ने लक्ष्य राखेका विद्यार्थीहरुका लागि इस्टर्न कलेज अफ इन्जिनियरिङ अब डिप्लोमा तहमा पनि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरेका छन।