अर्किड कलेज विराटनगरमा नयाँ विद्यार्थीलाई सपथसहित स्वागत कार्यक्रम

<span class='c1'>अर्किड कलेज विराटनगरमा नयाँ</span> <span class='c2'>विद्यार्थीलाई सपथसहित स्वागत कार्यक्रम</span>

विराटनगर । विराटनगर १० मा रहेको अर्किड कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका ९६४ जना विद्यार्थीलाई अबको दुई बर्ष सम्म राम्रो पढ्ने प्रतिबद्धता सहितको सपथ ग्रहण गराएको छ । विराटनगरको होटल मनास्लुमा आयोजित नयाँ विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुलाई कलेजको निति नियमबारे सपथग्रहण गराइएको हो । विज्ञान संकायका ४४७ र व्यवस्थापन तथा होटल म्यानेजमेन्ट संकायमा ५१७ जना गरी जम्मा ९६४ जना विद्यार्थीलाई कलेजका डाईरेक्टर डाक्टर राजन दत्तले विद्यार्थीहरुलाई कलेजको पढाईका नियमारे जानकारी गराउदै दुईबर्ष सम्म राम्रो रिजल्ट निकाल्नेगरी सपथ ग्रहण गराएका थिए ।

प्रत्येक विद्यार्थीले सपथ ग्रहणको पेपर हात राखेर २ बर्ष सम्म राम्रो पढ्ने भन्दै कलेजको नियममा रहने विद्यार्थीले प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल सी.एम.श्रेष्ठले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अर्किड कलेजको लक्ष्य नै दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए । अर्र्किड कलेजमा भर्ना भएका विद्यार्थीले नै बोर्ड फस्ट ल्याउने आशा व्यक्त गर्दै कलेजमा पढाईका अतिरिक्त खेलकुद क्षेत्रमा पनि उतिकै अब्बल रहेको प्रिन्सीपल श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा कलेजको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थी र कक्षा ११ मा टप १० स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सम्मान वितरण कार्यक्रममा मोरङ जिल्ला समन्वय इकाइका प्रमुख तथा प्रमुख अतिथि जीवन गड्तौलाले आजको युग प्रविधि र प्रतिस्पर्धाको युग भएकाले शिक्षा प्रणाली पनि त्यसअनुसार अद्यावधिक हुनुपर्ने बताए । कलेजका अध्यक्ष अमित ढकालले अर्किड कलेजले विद्यार्थीको आवश्यकता बुझेको र उनीहरूको रुची अनुसार गुणस्तरीय शिक्षाको वातावरण निर्माण गरिरहेको उल्लेख गरे ।

कलेजका निर्देशक दीपेश बास्तोलाले नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकप्रति आभार व्यक्त गर्दै भविष्य निर्माणको यात्रामा अर्किड कलेज रोजेकोमा धन्यवाद दिए । उनले विद्यार्थीलाई अध्ययनसँगै अनुशासन, आत्मविश्वास र सामाजिक उत्तरदायित्व सिकाउने उद्देश्य कलेजको रहेको बताए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले नयाँ आउने भाईबहिनीहरुलाई सांस्कृतिक नृत्य प्रस्तुत गरेर स्वागत समेत गरेका छन् । विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गर्दा कार्यक्रममा सहभागी अथिती, शिक्षक – शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरुले मनोरन्जन लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्