मेगाटेक सोलुसन विराटनगरमा नविल बैंकले लगायो ताला

<span class='c1'>मेगाटेक सोलुसन विराटनगरमा नविल</span> <span class='c2'>बैंकले लगायो ताला</span>

विराटनगर । विराटनगर मेनरोडस्थित मेगाटेक सोलुसनमा नविल बैंकले बुधबार तालाबन्दी गरेको छ । देशभर मेगाटेक सोलुसन चर्चित कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको विक्रेता कम्पनी हो । विराटनगरका लागि बैंकले प्रवाह गरेको व्यवसाय कर्जा समयमै भुक्तानी नगरेपछि यसको बिक्री कक्षमा तालाबन्दी गरिएको हो ।

बुधबार बैंकका प्रतिनिधिहरूले प्रहरीको उपस्थितिमा मेगाटेकको बिक्री कक्ष र मर्मत कक्षमा ताला लगाएका थिए । ताला लगाएको केहि घण्टामै मेगाटेकका प्रतिनिधि बैंकमा पुगेर कारोबारको हिसाब मिलान गर्ने विषयमा छलफल गरेका थिए ।

मेगाटेकले कर्जा उपभोग गर्दा धितो सुरक्षण वापत राखेको पसल तथा गोदाममा बैंकले तालाबन्दी गरेको विषयमा कोशी प्रदेशका प्रमुख दिपक कुमार श्रेष्ठसँग बुझ्ना उनले यो सामान्य प्रक्रिया रहेको जानकारी दिए । उनले बैंकले तालाबन्दी गरेपछि अहिले सम्बन्धित व्यवसायी सम्पर्क आएर हिसाब मिलान गर्ने प्रक्रियामा लागिसकेको बताए ।

बैंकबाट ऋण लिंदा पसल तथा गोदाम परिसरभित्र रहेको मौज्दात तथा अन्य सरसामाग्री धितोको रुपमा राखिएको हुन्छ । प्रमुख श्रेष्ठले तोकिएको भाखा अवधिभित्र बैंकको ऋणकर्जा नतिरी कर्जाको शर्त बन्देजहरूको उल्लंघन बर्खिलाप गरेकोले पसल तथा सो पसलको परिसर भित्र रहे भएका मौज्दात तथा अन्य सरसामाग्री मालसामानहरू कर्जा असुलीको कारवाही अगाडि बढाएको बताए । तर, यो कारवाही अगाडी बढाएसँगै तत्काल व्यवसायिहरु सम्पर्कमा आएकाले चाँडै नै लगाएको ताला खोलिनसक्ने संभावना रहेको समेत श्रेष्ठको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्