विराटनगरका संस्थागत विद्यालयलाई छात्रवृत्ति सुविधा, कोटाभन्दा कम विद्यार्थी

<span class='c1'>विराटनगरका संस्थागत विद्यालयलाई छात्रवृत्ति</span> <span class='c2'>सुविधा, कोटाभन्दा कम विद्यार्थी</span>

इन्दु साह
विराटनगर । विराटनगरका संस्थागत विद्यालयमा छात्रवृत्तिका उपलब्ध गराउन महानगरपालिकाले आह्वान गरेको आवेदनमा कोटा भन्दा कम संख्यामा विद्यार्थीले फारम भरेका छन् । कक्षा ११ का विद्यार्थीका लागि लिएको छात्रवृत्ति परीक्षामा ७०२ जनाको कोटा हुँदा ६७८ जना विद्यार्थीले मात्रै परीक्षा दिएका हुन् ।

महानगरपालिकाको शिक्षा महाशाखा अधिकृत कृष्ण भट्टराईका अनुसार परीक्षा लेखेका विद्यार्थी सबैले छात्रवृत्ति पाएका छन् । परीक्षा लेख्ने बाहेकको हकमा भने महानगरपालिकाले अर्को सुनुवाई नगर्ने भट्टराईले बताएका छन् ।

शिक्षा ऐन, २०२८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अधिकार प्रयोग गर्दै महानगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८१ अनुसार कार्यक्रम सञ्चालन गरिएको हो । यस कार्यविधिमा हरेक निजी विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान उल्लेख गरिएको छ । छात्रवृत्तिमा सफल विद्यार्थीले विभिन्न सुविधा पाउनेछन् । शिक्षण शुल्कमा पूर्ण वा आंशिक छुट, पाठ्यपुस्तक तथा स्टेशनरी सामग्रीमा सहयोग, र आरक्षित कोटाअन्तर्गत विशेष प्राथमिकता दिने व्यवस्था छ । दलित, अपांग, महिला, आदिवासी र विपन्न वर्गका विद्यार्थीका लागि छुट्टै कोटा सुनिश्चित गरिएको छ । परीक्षा पास गरेपछि छात्रवृत्तिका लागि आवश्यक कागजात र विवरण पेश गरी विद्यालयमा भर्ना प्रक्रियामा सामेल हुन पाउने सुविधा छ । ७०१ जनाको छात्रवृत्ति कोटामध्ये जेहेन्दार २७६, विपन्न २४८, आदिवासी जनजाति ७३, दलित ३६, अपाङ्गता भएका ३४ र मुस्लिम ३४ जनाको कोटा रहेको छ ।

महानगरपालिकाले मंगलबार साँझ छात्रवृत्ति पाउने विद्यार्थीको नतिजा निकाल्ने भएको छ । छात्रवृत्ति परीक्षा दिन आएका विद्यार्थीहरूले सबैभन्दा बढी अरनिको कलेज छनौट गरेका थिए । अरनिको कलेजमा ११८ जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराउनु पर्दछ । तर, यो कलेज रोज्ने विद्यार्थीको संख्या २५५ जना छन् ।

शिक्षादीप कलेजमा ११६ जनाको छात्रवृत्ति कोटा रहेको छ । यो कलेज रोज्ने १७९ जना विद्यार्थी रहेका छन् । एभरेस्ट कलेजमा १४ जनाको कोटामा १९ जना विद्यार्थीले रोजेका छन् । बिकेभिएम कलेजमा ३४ जनाको कोटामा ६८ जना विद्यार्थीले रोजेका छन् ।

अर्किड कलेजमा ६६ जना विद्यार्थीको छात्रवृत्ति कोटा रहेको छ । कान्तिपुर कलेजमा ९७ जना विद्यार्थीको छात्रवृत्ति कोटा रहेको छ । छात्रवृत्ति परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले आफूले रोजेको कलेजमा अध्ययन गर्न पाउनेछन् । त्यसपछि क्रमशः अन्य कलेजहरुमा स्थान्तरण हुने सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्