रंगेलीबाट बिद्युत ट्रान्सफर्मर चोरीमा संलग्न आरोपित पक्राउ

<span class='c1'>रंगेलीबाट बिद्युत ट्रान्सफर्मर चोरीमा</span> <span class='c2'>संलग्न आरोपित पक्राउ</span>

विराटनगर । मोरङ प्रहरीले बिद्युतका ट्रान्सफर्मर चोरी आरोपमा एकजनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–९ इटाभट्टा टोलस्थित खानेपानी आयोजनाको ट्रान्सफर्मर नजिकै मध्यराती रहेका चारजनामध्ये एकजनालाई पक्राउ गरिएको हो ।

यद्यपी प्रहरीले चारजनाबाट पक्राउ गरेका एकजनाबाट ट्रान्सफर्मर चोरीमा संलग्ननै रहेको हो वा हैन भन्ने अझै यकिन गरिसकेको छैन ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले शंकास्पद अवस्थामा पक्राउ परेका व्यक्तिले आफ्नो नाम समेत ढाँटीरहेको अनुमान प्रहरीले गरेको छ । त्यहि भएर पक्राउ परेका व्यक्तिबारे थप जानकारी प्रहरीले दिएको छैन । रंगेलीमा बिहीबार राती पक्राउ परेका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको छ ।

मध्यराती चारजना दुईवटा मोटरसाइकलमा खानेपानी आयोजना अगाडी पुगेका थिए । त्यो सूचना प्रहरीलाई दिइएको थियो । प्रहरी पुग्दा ३ जना भने फरार भएका थिए । प्रहरीले एकजनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा परेका व्यक्तिसँगै हेक्सो, ब्लेड, सलाई रिन्ची, पञ्जा, पिलास, ह्याम्मरसहित प्रदेश १–०२–०५० प ७०९५ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

पछिल्लो तीन महिनामा सुनसरी, झापा र मोरङमा आठ वटा ट्रान्सफर्मर चोरी भईसकेका छन् । चोरीमा संलग्नहरु पक्राउ नपर्दा प्राधिकरण हैरानीमा थियो । नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयले प्रहरीमा संलग्नहरुको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरीमा उजुरी दिएको थियो । चोरीमा संलग्नहरु ट्रान्सफर्मर र बिद्युतको ज्ञान भएका व्यक्तिहरु रहेको अनुमान प्राधिकरणले गरेको छ ।

प्रादेशिक कार्यालयको तथ्यांक अनुसार २०८२ बैशाख ३ गते बेलबारी वितरण केन्द्र अन्तर्गत सुन्दरहरैंचा नगरपालिका २ जोगीहारेको ५० केभीए ट्रान्सफर्मर चोरी भएको थियो । २०८२ जेठ २२ गते रंगेली वितरण केन्द्र अन्तर्गत रंगेली नगरपालिका ७ को ५० केभीए, २०८२ जेठ २३ गते रंगेली वितरण केन्द्र अन्तर्गत रंगेली नगरपालिका १ जिरायत टोलको १०० केभीए ट्रान्सफर्मर चोरी भएको छ ।

यसैगरी दमक वितरण केन्द्र धरमपुर खानेपानी शिवसताक्षी १ मा रहेको १०० केभीए ट्रान्सफर्मर जेठ ३१ गते चोरी भएको छ । इटहरी वितरण केन्द्र अन्तर्गत बराह क्षेत्र नगरपालिका ९ राजाबासको १०० केभीए ट्रान्सफर्मर असार ९ गते चोरी भएको हो । यस अगाडी बैशाख २० गते मोरङको ग्रामथान गाउँपालिकामा ५ झपटाटोलमा समेत ट्रान्सफर्मर चोरिएको थियो । यसैगरी पछिल्लो समय सुनसरी देवानगञ्जस्थित मध्यहर्षाईमा समेत ट्रान्सफर्मर चोरी भएको थियो ।

एउटा एकसय केभीएको ट्रान्सफर्मर चोरी हुँदा १० देखि १२ लाख रुपिँया क्षति हुन्छ । ५० केभीएको ६ देखि ७ लाख नोक्सान हुन्छ ।
एकान्तमा भएका ट्रान्सफर्मर चोरी हुँदै आएको थियो । प्रहरीले बिहीबार राती पनि एकान्तबाटै संदिग्ध पक्राउ गरेको हो । यसैले यहि समूहले चोरी गरिरहेको हुनसक्ने अनुमान गरेपनि यकिन अझै भइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्