विराटनगरको सेन्ट जोसेफ स्कुलमा नया विद्यार्थीलाई साप्ताव्यापी कार्यक्रम

<span class='c1'>विराटनगरको सेन्ट जोसेफ स्कुलमा</span> <span class='c2'>नया विद्यार्थीलाई साप्ताव्यापी कार्यक्रम</span>

विराटनगर । विराटनगर–२ मा रहेको सेन्ट जोसेफ स्कुलले नवआगन्तुक विद्यार्थीहरूलाई लक्षितगर्दै सात दिने फ्रेसर तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई सामाजिक सञ्जालको अत्याधिक प्रयोगले पार्ने दुष्प्रभाव, स्कुलको आचारसंहिता तथा अनुसासन सम्बन्धी नियमबारे विषय विशेषज्ञहरूले जानकारी गराएका थिए । कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूबीच आपसी चिनजान गराउने विभिन्न आइस ब्रेकिङ गेम, ब्रह्माकुमारीका बिनोद अग्रवालबाट लक्ष्य निर्धारण र अनुशासन विषयक प्रेरणादायी सन्देशसँगै मेडिटेसन गराइएको थियो ।

 

दोस्रो दिन साइबर अपराधसम्बन्धी चेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालले गर्नुभएको थियो । त्यसैगरी अधिवक्ता पशुपति नेपाल प्रेरणादायी मन्तव्यसँगै अन्य विविध विद्यार्थी उपयोगी कार्यक्रम आयोजना गरिएको थियो । साप्ताव्यापी कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई वर्षभरि पठनपाठनमा मार्गदर्शन गर्ने विषय शिक्षकहरुसँग परिचयात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रमको अन्तिम दिन फ्रेसर पुल पार्टी आयोजना गरिएको थियो । कोचेला थीममा आयोजना गरिएको कार्यक्रममा मिस्टर फ्रेसर र मिस फ्रेसर प्रतियोगिता गरिएको थियो ।

मिस्टर फ्रेसर र मिस फ्रेसर प्रतियोगितामा नदिम खान र रानी मण्डल विजेता घोषित भए । त्यस्तै, मिस चार्मिङतर्फ सन्जना मगर, मिस्टर चार्मिङमा आशिष खड्का, मिस कन्फिडेन्टमा पोसना भारती र मिस्टर कन्फिडेन्टमा चन्दन साह विजयी भए । प्रतियोगिताको निर्णायक मण्डलमा युवा अभियान्ता तथा ओवी मिडियाका निर्देशक विवेक दाहाल र युवा व्यावसायी प्रतिक पौडेल रहेका थिए ।

विजेताहरुलाई स्कुलका सञ्चालक आशिष सिटौला, प्लस टु निर्देशक रोहितजंग थपलिया लगायत निर्णयक मण्डलले ताज र पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा स्कुलका डीजे एके र ‘द शिर्ष ब्यान्ड’ को लाईभ म्युजिक , नृत्य , रमाइला खेल, पूल साइड डान्स, परिकार र मोक्तेल स्टलहरू, तथा बार्बेक्युको व्यवस्था गरिएको थियो । स्कुलमा नयाँ शैक्षिक सत्रमा व्यवस्थापन, होटल म्यानेजमेन्ट, साइन्स र कम्प्युटर साइन्स संकायमा गरी करिब ३ सय विद्यार्थी भर्ना भएका छन् । २०३२ सालमा स्थापना भएको सेन्ट जोसेफ स्कुलले विक्रमसम्बत २०५४ सालबाट प्लस टु तहको अध्ययन सञ्चालन गर्दै आएको छ । हाल स्कुलमा १ हजार ७ सय भन्दा बढी विद्यार्थी र कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्